Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
नेपाल राष्ट्र बैंक

राष्ट्र बैंकले फेरि खिच्यो ५० करोड तरलता, मंसिर १ गते फिर्ता हुने

२०७३ कार्तिक २४ गते

नेपाल राष्ट्र बैंकले बुधबार ५० करोड रुपैयाँ बराबरको तरलता (लगानीयोग्य पुँजी) प्रशोचन गरेको छ । राष्ट्र बैंकले रिभर्स रिपो जारी गर्दै बैंक तथा फाइनान्स कम्पनीहरुबाट सो मात्रामा तरलता खिचेको हो । 

बैंक तथा वित्तीय संस्थाहरुमा तरलता अभाव हुन थालेपछि राष्ट्र बैंकले प्रशोचन गर्ने तरलताको मात्रा घटाएको छ । साथै राष्ट्र बैंकले रिभर्स रिपोको परिपक्वताको समयावधि पनि छोट्याएको छ । 

राष्ट्र बैंकले बुधबार विसिक्र गरेको रिभर्स रिपो सात दिने अवधिको हो । जसअनुसार, उक्त रिभर्स रिपो आगामी मंसिर १ गते परिपक्व भई खरिदकर्ता बैंक तथा फाइनान्स कम्पनीले सावाँ रकम फिर्ता पाउनेछन् । 

ripoराष्ट्र बैंकले यसअघि, गत विहीबार पनि सात दिने अवधिको ५० करोड रुपैयाँ बराबरको रिभर्स रिपो जारी गरेको थियो । उक्त रिभर्स रिपोको सावाँ रकम पनि बुधबार फिर्ता गरिएको छ ।

राष्ट्र बैंकले बैंकिङ प्रणालीमा रहेको तरलता व्यवस्थापनका लागि आवश्यकता अनुसार रिभर्स रिपो जारी गर्ने गर्दछ । बैंकिङ प्रणालीमा तरलता अधिक हुनु र अभाव हुनु दुबै अर्थतन्त्रका लागि नराम्रो मानिन्छ । त्यसैले, राष्ट्र बैंकले तरलता अभाव हुँदा 'पठाउने' र अधिक हुँदा 'खिच्ने' गरी तरलतालाई सन्तुलनमा राख्ने काम गर्दछ ।