
बैंकिङ खबर/ हाल सञ्चालमा रहेका २१ वाणिज्य बैंकमध्ये ११ वटा बैंकले कर्मचारीलाई दिने बोसन बढाएका छन् । अघिल्लो आवभन्दा गत आवमा नबिल बैंकले कर्मचारीलाई दिने बोनस ५१.८० प्रतिशतले बढेर १ अर्ब १९ करोड ८२ लाख ७० रुपैयाँ छुट्याएको छ । अघिल्लो आवको सोही अवधिमा ७८ करोड ९३ लाख ५० हजार रुपैयाँ रहेको थियो ।
कुनको कति ?
ग्लोबल आइएमई बैंक
ग्लोबल आइएमई बैंकले कर्मचारीलाई दिने बोनसका लागि १ अर्ब १२ करोड २६ लाख ६० हजार रहेको छ । जुन अघिल्लो आवको सोही अवधिको तुलनामा ३६.५३ प्रतिशतले बढेर ८२ करोड २२ लाख ७० हजार रुपैयाँ रहेको छ ।
नेपाल बैंक
नेपाल बैंकले कर्मचारीलाई बोनस दिनका लागि अघिल्लो आवको तुलनामा गत आवमा ३.५६ प्रतिशत बढी पैसा छुट्याएको छ । अघिल्लो आवमा २३ करोड ६० लाख ३० हजार रुपैयाँ रहेको थियो । गत आवको सोही अवधिमा २२ करोड ७९ लाख १० हजार रुपैयाँ रहेको थियो ।
एनआईसी एशिया बैंक
एनआईसी एशिया बैंकले कर्मचारीका लागि बोनस बापत गत आवमा ७१ करोड ९७ लाख ८० हजार छुट्याएको छ । यो अघिल्लो आवको सोही अवधिको तुलनामा ०.५८ प्रतिशतले बढी हो । अघिल्लो आवको सोही अवधिमा ७१ करोड ५६ लाख ५० हजार रुपैयाँ रहेको थियो ।
स्टयान्डर्ड चार्टर्ड बैंक
स्टयान्डर्ड चार्टर्ड बैंकले कर्मचारीलाई बोनसका लागि भन्दै ५५ करोड ९७ लाख ५० हजार रुपैयाँ छुट्याएको छ । जुन अघिल्लो आवको सोही अवधिमा ३६ करोड २ लाख ९० हजार रुपैयाँ रहेको थियो । यो अवधिमा ५५.३६ प्रतिशतले बढेको छ ।
एभरेष्ट बैंक
एभरेष्ट बैंकले कर्मचारीलाई दिने बोनस ३० प्रतिशतले बढेर ५२ करोड ३८ लाख ५० हजार रुपैयाँ रहेको छ । अघिल्लो आवको सोही अवधिमा ४० करोड २९ लाख ७० हजार रुपैयाँ रहेको थियो ।
कृषि विकास बैंक
कृषि विकास बैंकले गत आवमा कर्मचारी बोनसका लागि भन्दै २४ करोड ४५ लाख २० हजार रुपैयाँ छुट्याएको छ । जुन अघिल्लो आवको सोही अवधिको तुलनामा १७.३३ प्रतिशतले बढी हो । अघिल्लो आवको सोही अवधिमा २० अर्ब ८४ लाख दिएको थियो ।
लक्ष्मी बैंक
लक्ष्मी बैंकले कर्मचारीलाई बोनस बापत दिने रकम ४१.४९ प्रतिशतले बढेर ३५ करोड ५० लाख २० हजार रुपैयाँ रहेको छ । अघिल्लो आवको सोही अवधिमा २५ करोड ९ लाख २० हजार रुपैयाँ रहेको थियो ।
प्रभु बैंक
प्रभु बैंकले कर्मचारीको बोनसका लागि ४५ करोड २६ लाख ४० हजार रुपैयाँ छुट्याएको छ । जुन अघिल्लो आवको सोही अवधिमा ८.९१ प्रतिशतले बढी हो । अघिल्लो आवको सोही अवधिमा ४१ करोड ५६ लाख रुपैयाँ रहेको थियो ।
सानिमा बैंक
सानिमा बैंकले कर्मचारी बोनसका लागि ४१ करोड १९ लाख १० हजार रुपैयाँ छुट्याएको छ । जुन अघिल्लो आवको सोही अवधिको तुलनामा १४.१८ प्रतिशतले बढी हो ।
एसबिआई बैंक
नेपाल राष्ट्र बैंकका अनुसार नेपाल एसबिआई बैंकले कर्मचारीको बोनसका लागि छुट्याएको रकम अघिल्लो आवको असार मसान्तको तुलनामा गत आवको असार मसान्तमा ३५.३८ प्रतिशतले बढेर ३५ करोड ७८ लाख ६० हजार रुपैयाँ रहेको छ । जुन अघिल्लो आवको सोही अवधिमा २६ करोड ४३ लाख ३० हजार रुपैयाँ रहेको थियो ।




