Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
Banner News

गभर्नरको निधन भन्दै सामाजिक सञ्जालमा अफबाह फैलाइयो, उजुरी दिँदै राष्ट्र बैंक

२०८० भाद्र २२ गते

बैंकिङ खबर/नेपाल राष्ट्र बैंकले गभर्नर महाप्रसाद अधिकारीको निधन भन्दै सामाजिक सञ्जालमा अफबाह फैलाउनेविरुद्ध उजुरी दिने भएको छ ।

बिहीबार दिउँसो सामाजिक सञ्जालमा नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीको सवारी दुर्घटनामा परि निधन भएको भन्ने झुटो कुरा फैलाइएको थियो ।

‘सेयर बजारको मनोविज्ञानवेत्ता–बुलबहादुर’ नाम गरेको फेसबुक पेजले यस्तो भ्रमपूर्ण र अमानवीय पोस्ट गरेका थिए । एउटा सरकारी नम्बरप्लेट भएको गाडी पल्टिएको फोटोसँगै गभर्नर महाप्रसाद अधिकारीको फोटो राखेर उक्त फेसबुक पेजले उनको निधन भएको अफबाह फैलायो ।

 उक्त पोस्टमा अधिकांशले हार्दिक श्रद्धान्जली भनेर लेखेका छन् भने केहीले यस्तो अफबाह नफैलाउन चेतावनीसमेत दिएका छन् । कामको सिलसिलामा गभर्नर महाप्रसाद अधिकारी भारतमा छन् । डेपुटी गभर्नर बमबहादुर मिश्र चीनमा छन् । गभर्नर देशबाहिर भएको मौका छोेपेर उनको निधन भएको अफबाह सामाजिक सञ्जालमा फैलाइएको हो । 

राष्ट्र बैंकको जनसम्पर्क महाशाखाले यसबारे अध्ययन गरिरहेको प्रवक्ता गुणाकर भट्टले बताएका छन् । उनले अफबाह फैलाउनेविरुद्ध साइबर ब्यूरोमा उजुरी दिने तयारी गरेको बताए ।