Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
Banner News

यस्तो छ कर्जा तिरिसकेपछि धितो फुकवा हुने व्यवस्था

२०८० भाद्र १९ गते

बैंकिङ खबर/नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाले ऋण प्रदान गर्दाको सर्त बमोजिम असुल उपर गर्नुपर्ने सम्पूर्ण रकम असुल भएको पाँच दिनभित्र धितो फुकुवाको लागि सम्बन्धित कार्यालयमा पत्राचार गर्नुपर्ने जनाएको छ ।

राष्ट्र बैंकले वित्तीय चेतनाका लागि सन्देश जारी गर्दै भनेको छ, ‘सर्तबमोजिम सम्पूर्ण रकम भुक्तानी गरिसकेपश्चात् यदि कुनै बैंक तथा वित्तीय संस्थाले धितो फुकुवाको लागि ढिलासुस्ती गरेमा सम्बन्धित संस्थाको गुनासो सुन्ने अधिकारी वा नेपाल राष्ट्र बैंकमा गुनासो दर्ता गर्न सकिन्छ ।’