Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
Banner News

बैंकहरुले मापदण्ड बनाएर उत्पादनमुलक उद्योगलाई ३ करोडसम्म कर्जा दिन सक्ने

२०८० भाद्र ११ गते

बैंकिङ खबर/बैंक तथा वित्तीय संस्थाले उत्पादनमुकल उद्योगलाई आफैंले मापदण्ड बनाएर ३ करोडसम्म कर्जा दिन सक्ने भएका छन् । नेपाल राष्ट्र बैंकले सोमबार चालू पुँजीकर्जा सम्बन्धी मार्गदर्शन २०७९ मा संशोधन तथा परिमार्जन गर्दै यस्तो व्यवस्था गरेको हो ।

बैंक तथा वित्तीय संस्थाले उत्पादनमूलक उद्योगको हकमा ३ करोडसम्म चालू पुँजी कर्जाको सीमा निर्धारण गर्न सक्नेछन् । यसअघि यो व्यवस्थामा १ करोड मात्रै रहेको थियो । समग्र बैंकिङ्ग प्रणालीबाट १ करोडसम्म (उत्पादनमूलक उद्योगको हकमा ३ करोडसम्म) चालू पुँजी कर्जा उपयोग गर्ने ऋणीको हकमा यो मार्गदर्शन लागू नहुने राष्ट्र बैंकले जनाएको छ ।

यस्ता ऋणीलाई प्रवाह हुने चालु पुँजी कर्जाको सीमा बैंक तथा वित्तीय संस्थाले आफ्नो चालू पुँजी कर्जासम्बन्धी नीतिको अधीनमा रही निर्धारण गर्न सक्नेछन् । चालू पुँजी प्रयोजनका लागि प्रदान हुने कर्जाको प्रकार यसै मार्गदर्शन बमोजिम हुनुपर्ने उल्लेख छ ।