
बैंकिङ खबर/नेपाल राष्ट्र बैंकले चालू पुँजी कर्जासम्बन्धी मार्गदर्शन, २०७९ मा संशोधन गरेको छ । संशोधन मार्गदर्शनमा बैंक तथा वित्तीय संस्थाले उत्पादनमुकल उद्योगलाई आफैंले मापदण्ड बनाएर ३ करोडसम्म कर्जा दिन सक्नेछन् ।
यस्तै बैंक तथा वित्तीय संस्थाले उत्पादनमूलक उद्योगको हकमा ३ करोडसम्म चालू पुँजी कर्जाको सीमा निर्धारण गर्न सक्नेछन् । यसअघि यो व्यवस्थामा १ करोड मात्रै रहेको थियो ।
समग्र बैंकिङ्ग प्रणालीबाट १ करोडसम्म (उत्पादनमूलक उद्योगको हकमा ३ करोडसम्म) चालू पुँजी कर्जा उपयोग गर्ने ऋणीको हकमा यो मार्गदर्शन लागू नहुने राष्ट्र बैंकले जनाएको छ ।
यस्ता ऋणीलाई प्रवाह हुने चालु पुँजी कर्जाको सीमा बैंक तथा वित्तीय संस्थाले आफ्नो चालू पुँजी कर्जासम्बन्धी नीतिको अधीनमा रही निर्धारण गर्न सक्नेछन् । चालू पुँजी प्रयोजनका लागि प्रदान हुने कर्जाको प्रकार यसै मार्गदर्शन बमोजिम हुनुपर्ने उल्लेख छ ।




