Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
Banner News

लघुवित्तले ग्राहक संरक्षण कोषबाट समस्यामा परेका ऋणीको पुनर्स्थापना गर्नुपर्छः राष्ट्र बैंक

२०८० श्रावण २३ गते

बैंकिङ खबर/नेपाल राष्ट्र बैंकले लघुवित्तले ग्राहक संरक्षण कोषको रकमबाट समस्यामा परेका ऋणीको पुनर्स्थापना गर्नुपर्ने स्पष्ट पारेको छ । ‘लघुवित्त वित्तीय संस्थाको नाफाको केही हिस्सा ग्राहकको हितमा खर्च होस् भन्ने उद्देश्यले नाफाको एक प्रतिशत रकम र १५ प्रतिशत बढी लाभांश वितरणको प्रस्ताव गरेमा १५ प्रतिशत भन्दा माथिको प्रस्ताविक लाभाशको ३५ प्रतिशतले हुने रकम अलग्गै ग्राहक संरक्षण कोषमा जम्मा गर्नुपर्ने व्यवस्था रहेको छ’ राष्ट्र बैंकले मंगलबार एक वित्तीय सचेतनाका लागि सन्देश जारी गर्दै भनेको छ,‘लघुवित्त वित्तीय संस्थाले उक्त कोषमा जम्मा भएको रकम समस्यामा परेका ऋणीको व्यवसायको सुरक्षण एवम् पुनस्र्थापन ागर्न, ग्राहकको शिक्षा र क्षमता विकास गर्न, ग्राहकका सन्तानको विद्यालय स्तरको शिक्षा स्वास्थ्य तथा पोषण जस्ता सामूहिक हित हुने कार्यमा मात्र खर्च गर्नुपर्छ ।’

राष्ट्र बैंकले थोक कर्जा उपलब्ध गराउने लघुवित्त वित्तीय संस्थाले यस्तो कोषको रकम ग्राहक संस्थाका सदस्यको वित्तीय साक्षरता अभिवृद्धिसम्बन्धी कार्यक्रममा समेत खर्च गर्न सकिने उल्लेख गरेको छ , यसरी खर्चको रकमसम्बन्धी विवरण संस्थाको वार्षिक प्रतिवेदनमा स्पष्ट रुपमा खुलाउनुपर्ने पनि राष्ट्र बैंकले उल्लेख गरेको छ ।