Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
Banner News

राष्ट्र बैंकले खुकुलो बनायो आयात: अब एकैपटकमा ६० हजारको एलसी खोल्न पाउने

२०८० श्रावण २२ गते

बैंकिङ खबर/विदेशी मुद्राको सञ्चिती बढ्दै गएपछि नेपाल राष्ट्र बैंकले आयातलाई खुकुलो बनाएको छ । आज जारी गरेको एकीकृत परिपत्रअनुसार केन्द्रीय बैंकले यसअघिको व्यवस्थालाई लचिलो बनाउँदै आयात केही खुकुलो बनाएको हो ।
यसअघि, भण्डारणमा विदेशी मुद्राको सञ्चिती घट्दै जाँदा केन्द्रीय बैंकले आयातमा कडाई गरेको थियो । सोअनुसार एक पटकमा ५० हजार अमेरिकी डलरभन्दा धेरैको प्रतितप पत्र (एलसी) खोल्न नपाउने व्यवस्था थियो । नयाँ व्यवस्थाअनुसार आयातकर्ताले अब ६० हजार अमेरिकी डलरसम्मको एलसी खोल्न पाउने भएका छन् ।

रेमिट्यान्सको आप्रवाह बढ्दै गएपछि केन्द्रीय बैंकको भण्डारमा ११ महिनाभन्दा धेरैको आयात धान्ने विदेशी मुद्राको सञ्चिती छ । यसअघि, रेमिट्यान्सको आप्रवाह घट्दा ६ महिना आसपासको मात्रै आयात धान्ने भण्डारण थियो ।