Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
Banner News

वाणिज्य बैंकहरुको निष्क्रिय कर्जा दोब्बरले वृद्धि, कुनको कति ?

२०८० श्रावण २२ गते

बैंकिङ खबर/वाणिज्य बैंकहरुकाले निष्क्रिय कर्जाको अनुपात –एनपिएल) दोब्बरले बढेको छ । वाणिज्य बैंकहरूको औसत खराब कर्जा २.७ प्रतिशत पुगेको हो । अघिल्लो आर्थिक वर्षमा यस्तो अनुपात १.२ प्रतिशत थियो । वाणिज्य बैंकहरूको खराब कर्जा ०.७९ प्रतिशतदेखि ४.७७ प्रतिशतसम्म देखिएको छ । सबैभन्दा बढी खराब कर्जा कुमारी बैंकको ४.७७ प्रतिशत छ ।

त्यस्तै, हिमालयन बैंकको खराब कर्जा ४.५७ प्रतिशत, इन्भेष्टमेन्ट मेगाको ४.३५ प्रतिशत, प्राइमको ४.२३ प्रतिशत र प्रभु बैंकको खराब कर्जा ४.१६ प्रतिशत रहेको छ । सबैभन्दा कम खराब कर्जा एभरेष्ट बैंकको ०.७९ प्रतिशत रहेको छ । त्यस्तै, एनआइसी एसिया बैंकको खराब कर्जा ०.८ प्रतिशत रहेको छ ।

नबिल, ग्लोबल, राष्ट्रिय वाणिज्य बैंक, नेपाल बैंकको पनि खराब कर्जा कम रहेको छ । सिटिजन्स बैंकको खराब कर्जा औसतभन्दा बढी देखिएको छ  त्यस्तै, स्ट्यान्डर्ड चार्टर्ड, एनएमबि, सिद्धार्थ, कृषि विकास, सानिमा, लक्ष्मी सन्राइज, नेपाल एसबिआईको पनि खराब कर्जा बढी नै देखिएको छ । माछापुच्छ्रे बैंकको खराब कर्जा औसतभन्दा कम देखिएको छ ।