बैंकिङ खबर/ वाणिज्य बैंकहरुले चौथो त्रैमाससम्मको अपरिस्कृत वित्तीय विवरण सार्वजनिक गरेका छन् । सार्वजनिक वित्तीय विवरणअनुसार गत आर्थिक वर्ष २०७९/८० मा २० वाणिज्य बैंकहरुले कुल ७० अर्ब १७ करोड खुद नाफा कमाएका छन् ।
अघिल्लो आर्थिक वर्ष २०७८/७९ मा यी बैंकहरुले ५६ अर्ब १७ करोड खुद नाफा कमाएका थिए । केही बैंकको मर्जपछि एकीकृत वित्तीय विवरण सार्वजनिक भएकाले नाफामा उल्लेख्य वृद्धि देखिएको छ । जसले गर्दा तत्कालीन नेपाल बंगलादेश बैंक गाभेको नबिलको नाफा सबैभन्दा धेरै ७६ प्रतिशत बढेको देखिन्छ ।
नबिल बैंकले सबैभन्दा धेरै ७ अर्ब ५२ करोड खुद नाफा आर्जन गरेको छ । नबिलपछि ग्लोबल आईएमई बैंकले ७ अर्ब २५ करोड नाफा कमाएको छ । तेस्रो स्थानमा रहेको सरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैंकले ४ अर्ब ९१ करोड खुद नाफा कमाएको छ ।
प्राइम कमर्सियल र कुमारी बैंकको नाफा भने अघिल्लो वर्ष २०७८/७९ को तुलनामा घटेको छ । प्राइम कमर्सियल बैंकको १८ र कुमारीको नाफा २४ प्रतिशतले घटेको हो । यी दुबै बैंकको निष्क्रिय (समयमै उठ्न नसकेको) कर्जा हृवात्तै बढ्दा नाफामा असर देखिएको हो । कुमारीको निष्क्रिय कर्जा ४.७७ प्रतिशत र प्राइम कमर्सियलको ४.२३ प्रतिशत पुगेको छ । यस्तो कर्जा ५ प्रतिशतभन्दा माथि गएमा राष्ट्र बैंकले कारबाही गर्ने व्यवस्था छ ।
धेरैजसो बैंकको नाफामा उल्लेख्य वृद्धि भए पनि बैंकहरुको प्रतिफल क्षमता भने बढ्ने सकेको छैन । प्रतिसेयर आम्दानी पनि सामान्य बढेको छ । प्रतिसेयर आम्दानीका आधारमा एनआईसी एसिया बैंक सबैभन्दा अगाडि छ । सो बैंकको प्रतिसेयर आम्दानी ४० रुपैयाँ २२ पैसा छ । त्यस्तै स्टान्डर्ड चार्टड बैंकको ३७ रुपैयाँ ३९ पैसा र राष्ट्रिय वाणिज्यको ३३ रुपैयाँ ९६ पैसा छ । वाणिज्य बैंकहरुको औसत प्रतिसेयर आम्दानी २१ रुपैयाँ ७४ पैसा छ । २०७८/७९ मा १९ रुपैयाँ ९८ पैसा थियो ।
नाफा विवरण
बैंक |
नाफा (असार, २०८०) |
नाफा (असार २०७९) |
नबिल |
७ अर्ब ५२ करोड ७१ लाख |
४ अर्ब २५ करोड ६० लाख |
ग्लोबल आईएमई |
७ अर्ब २५ करोड ३४ लाख |
४ अर्ब ९५ करोड ९२ लाख |
राष्ट्रिय वाणिज्य |
४ अर्ब ९१ करोड ७१ लाख |
४ अर्ब २९ करोड २८ लाख |
एनआईसी एसिया |
४ अर्ब ६५ करोड १३ लाख |
४ अर्ब २१ करोड ४९ लाख |
इन्भेस्टमेन्ट मेगा |
४ अर्ब २९ करोड ६६ लाख |
३ अर्ब ७९ करोड ७६ लाख |
स्टान्डर्ड चार्टर्ड |
३ अर्ब ५२ करोड ५४ लाख |
२ अर्ब २५ करोड ५९ लाख |
नेपाल |
३ अर्ब ४१ करोड १५ लाख |
२ अर्ब ९२ करोड ३२ लाख |
एनएमबी |
३ अर्ब ४१ करोड ४ लाख |
३ अर्ब २९ करोड १० लाख |
एभरेस्ट |
३ अर्ब ३९ करोड ३१ लाख |
२ अर्ब ४७ करोड ९४ लाख |
हिमालयन |
३ अर्ब २६ करोड ६१ लाख |
२ अर्ब ३६ करोड ७५ लाख |
सिद्धार्थ |
३ अर्ब १९ करोड १ लाख |
२ अर्ब ९० करोड २४ लाख |
कृषि विकास |
३ अर्ब ९ करोड ९३ लाख |
२ अर्ब २२ करोड ५७ लाख |
प्रभु |
२ अर्ब ८२ करोड ५२ लाख |
१ अर्ब ९० करोड २० लाख |
सानिमा |
२ अर्ब ६१ करोड ९२ लाख |
२ अर्ब ९ करोड ३१ लाख |
प्राइम कमर्सियल |
२ अर्ब २६ करोड ३१ लाख |
२ अर्ब ७८ करोड ७३ लाख |
लक्ष्मी सनराइज |
२ अर्ब २६ करोड १८ लाख |
१ अर्ब ५१ करोड ३४ लाख |
एसबीआई |
२ अर्ब २४ करोड १६ लाख |
१ अर्ब ६३ करोड ८३ लाख |
सिटिजन्स |
२ अर्ब २१ करोड ४४ लाख |
२ अर्ब ५६ लाख |
कुमारी |
१ अर्ब ९५ करोड ७१ लाख |
२ अर्ब ५७ करोड ९८ लाख |
माछापुच्छ्रे |
१ अर्ब ८५ करोड ११ लाख |
१ अर्ब ६८ करोड ६६ लाख |
बैंकहरूको प्रतिसेयर आम्दानी :
बैंक |
प्रतिसेयर आम्दानी (असार २०८०) |
प्रतिसेयर आम्दानी (असार २०७९) |
एनआईसी एसिया |
४०.२२ |
३६.४५ |
स्टान्डर्ड चार्टर्ड |
३७.३९ |
२३.९२ |
राष्ट्रिय वाणिज्य |
३३.९६ |
३४.८५ |
एभरेस्ट |
३१.७२ |
२६.३ |
नबिल |
२७.८२ |
१८.६४ |
नेपाल |
२३.२२ |
२०.२९ |
सिद्धार्थ |
२२.६४ |
२०.६ |
एसबीआई |
२२.१५ |
१६.१९ |
सानिमा |
२१.०२ |
१८.४८ |
कृषि विकास |
२०.६२ |
१४.४१ |
ग्लोबल आईएमई |
२०.२८ |
२०.८४ |
लक्ष्मी सनराइज |
१९.४४ |
१३.८८ |
एनएमबी |
१८.५७ |
१७.९२ |
माछापुच्छ्रे |
१८.०५ |
१६.४४ |
इन्भेस्टमेन्ट मेगा |
१६.०७ |
२०.७४ |
सिटिजन्स |
१५.५९ |
१४.१२ |
हिमालयन |
१५.०८ |
१८.२६ |
प्रभु |
१२ |
१४.९७ |
प्राइम कमर्सियल |
११.६६ |
१४.९४ |
कुमारी |
७.४६ |
१७.५४ |