Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
Banner News

राष्ट्र बैंकको सहप्रवक्तामा डिल्लीराम पोख्रेल

२०८० श्रावण १७ गते

बैंकिङ खबर/नेपाल राष्ट्र बैंकका सहप्रवक्ता एवं सूचना अधिकारी फेरिएका छन्। राष्ट्र बैंकले साउन १७ गतेदेखि लागू हुने गरी सहप्रवक्ता एवं सूचना अधिकारीको जिम्मेवारी डा डिल्लीराम पोख्रेललाई प्रदान गरेको छ। पोख्रेल राष्ट्र बैंक गभर्नरको कार्यालयका निर्देशक हुन्।

पोख्रेल २०५८ सालदेखि राष्ट्र बैंकमा आबद्ध छन्। उनले जापानको ओसाका साङग्यो विश्वविद्यालयबाट अर्थशास्त्रमा विद्यावारिधि उपाधि हासिल गरेका छन्।

यसअघि राष्ट्र बैंकको सहप्रवक्ता एवं सूचना अधिकारीमा नारायणप्रसाद पोखरेल थिए। उनलाई राष्ट्र बैंकको आर्थिक अनुसन्धान विभागमा सरुवा गरिएको छ।