Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
Banner News

आधारदरभन्दा कम ब्याजदरमा ऋण प्रवाह नगर्न बैंकहरुलाई राष्ट्र बैंकको निर्देशन

२०८० श्रावण १२ गते

बैंकिङ खबर/नेपाल राष्ट्र बैंकले बैंक तथ वित्तिय संस्थाहरुलाई आधारदरभन्दा कम ब्याजदरमा ऋण प्रवाह नगर्न र २५ लाख माथी ऋण दिनुपरे स्थायी लेखा नंबर अनिवार्य भएको हुनुपर्ने निर्देशन दिएको छ।

नेपाल राष्ट्र बैंकबाट इजाजतपत्र प्राप्त ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थालाई जारी गरिएको एकीकृत निर्देशनमा उक्त कुरा उल्लेख छ।

गत आइतबार सार्वजनिक गरेको मौद्रिक नीतिको कार्यान्वयनका लागि राष्ट्र बैंकले निर्देशन दिएको हो। ‘कुनै पनि कर्जा पछिल्लो ३ महिनाको औसत आधारदरभन्दा कम ब्याजदरमा प्रवाह गर्न पाइने छैन,’ सो निर्देशनमा उल्लेख छ।

यस्तै, राष्ट्र बैंकले २५ लाख माथि ऋण प्रवाह गर्नु परे अनिवार्य रुपमा स्थायी लेखा नम्बर माग गर्न पनि भनेको छ। ‘बैंक तथा वित्तीय संस्थाहरुले छुट्टा–छुट्टै वा एकमुस्ट गरी २५ लाख रुपैयाँ वा सोभन्दा बढी रकमको कर्जा कुनै व्यक्तिलाई प्रवाह गर्नु परेमा त्यस्तो व्यक्तिले अनिवार्य रुपमा स्थायी लेखा नम्बर लिएको हुनुपर्छ,’ निर्देशिकामा उल्लेख छ।