Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
Banner News

साउन महिनामा घट्यो बैंकहरूको आधार दर, कुनको कति ?(सूचीसहित)

२०८० श्रावण ९ गते

बैंकिङ खबर/बैंकहरुको आधार दर घटेको छ । बैंकहरूले सार्वजनिक गरेको विवरण अनुसार जेठसम्म तीन महिनाको औसत आधार दरको तुलनामा असारसम्मका यस्तो औसत आधार दर ०.१६ प्रतिशत बिन्दुले घटेको छ । जेठसम्ममा यस्तो आधार दर ०.१० प्रतिशतले घटेको थियो। आधार दर घट्दा बैंकहरूले जारी गर्ने कर्जाको ब्याजदर समेत घट्छ।

चैत, वैशाख र जेठ महिनामा १६ वटा वाणिज्य बैंकको औसत आधारदर १०.३७ प्रतिशत रहेकोमा वैशाख, जेठ र असारको औसत आधार दर १०.२१ प्रतिशत छ।
राष्ट्र बैंकले पछिल्लो समय बैंक तथा वित्तीय संस्थाले आउने महिनाको लागि त्यस अघिका हरेक तीन महिनाको औसत अनुसार आधार दर तय गर्न सक्ने व्यवस्था गरेको छ।

हेर्नुहोस् सूची

आधार दर
बैंक असारको लागि  साउनको लागि
नबिल बैंक ९.६५ ९.५२
सानिमा बैंक १०.५२ १०.३६
एनएमबी बैंक १०.४५ १०.३७
नेपाल एसबीआई १०.८५ १०.७४
कृषि विकास बैंक १०.२१ १०.१४
कुमारी बैंक १०.८८ १०.८७
सिटिजन्स बैंक १०.९५ १०.७२
प्राइम बैंक १०.८४ १०.६९
सनराइज बैंक ११.१४ १०.९३
माछापुच्छ्रे बैंक १०.९२ १०.७४
एनआइसी एशिया बैंक १०.३५ १०.१८
ग्लोबल आइएमई बैंक १०.३७ १०.२
प्रभु बैंक १०.३६ १०.०६
सिद्धार्थ  बैंक १०.२१ १०.०३
राष्ट्रिय वाणिज्य बैंक ८.२४ ८.०२
नेपाल इन्भेष्टमेन्ट मेगा बैंक १०.०६ ९.८४