Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
Banner News

अब ब्याजदर घट्छः बैंकर्स संघ

२०८० श्रावण ८ गते

बैंकिङ खबर/नेपाल बैंकर्स संघका अध्यक्ष सुनिल केसीले अब बैंकको ब्याजदर घट्दै जाने बताएका छन्। बैंकर्स संघले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै केसीले तरलता बढ्दै गइरहेको बेलामा कर्जाको डिमान्ड न्यून रहँदा ब्याजदर घट्ने देखिएको बताएका हुन्। उनले अधिकांश बैंकहरुको कर्जा निक्षेप अनुपात (सीडी रेसियो) ८० प्रतिशत तल आएको बताए।

निक्षेप बढ्दै जाने र कर्जा डिमान्ड कम हुँदा यसले पनि ब्याजदर घट्ने देखिएको केसीको भनाई छ। साथै कर्जाको डिमान्ड पनि हामीले सोचे अनुरुप नदेखिएको केसीको भनाई छ। उनका अनुसार आर्थिक वर्षको साउनको पहिलो सातामा मात्रै पनि निक्षेप १२० अर्ब रुपैयाँ घटेको छ र कर्जा १८÷१९ अर्बले घटेको छ। स्थानीय तहको पैसा बाहिर जाँदा १२० अर्ब निक्षेप घटेको हो। यता निक्षेपसँगै कर्जा पनि घटेको छ केसीले बताए । कर्जाको डिमान्ड कम हुँदा निक्षेपको डिमान्ड समेत घट्ने हुँदा अब ब्याजदर तल देखिएको केसीको भनाई छ ।