Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
Banner News

मौद्रिक नीति सार्वजनिक गर्ने अन्तिम तयारीमा राष्ट्र बैंक

२०८० श्रावण ३ गते

बैंकिङ खबर/नेपाल राष्ट्र बैंकले चालु आर्थिक २०८०–८१को मौद्रिक नीति सार्वजनिक गर्ने अन्तिम तयारीमा लागेको छ । राष्ट्र बैंकका सहप्रवक्ता नारायणप्रसाद पोखरेल मौद्रिक नीति ल्याउने अन्तिम तयारीम जुटेको बताउँछन् । उनले आउँदो आइतबार (साउन ७ गते)सम्म मौद्रिक नीति ल्याउने लक्ष्यसहित विभागस्तरमा कामकारबाही भइरहेको बताए ।

राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी बुधबार स्वदेश फर्किंदैछन्। गभर्नर फर्किएसँगै मौद्रिक नीतिका विषयमा थप छलफल हुने र राष्ट्र बैंकको बोर्ड बैठकले पारित गरेसँगै सार्वजनिक गरिने बताइएको छ। मौद्रिक नीतिमा सरोकारावाला निकायहरुबाट प्राप्त रायसुझाव अध्ययन राष्ट्र बैंकको विभागस्तर अध्ययन गर्ने काम भइरहेको राष्ट्र बैंकले जनाएको छ ।