Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
Banner News

एक वर्षको अवधिमा बैंकिङ प्रणालीमा थपियो ६ खर्ब रुपैयाँ

२०८० श्रावण २ गते

बैंकिङ खबर/नेपाल राष्ट्र बैंकका अनुसार गत असार ३१ गतेसम्म बैंक तथा वित्तीय संस्थाहरुको कुल निक्षेप ५७ खर्ब ६७ अर्ब रुपैयाँ रहेको छ। अघिल्लो वर्ष असार ३२ गतेसम्म बैंक तथा वित्तीय संस्थाहरुको कुल निक्षेप ५१ खर्ब ५३ अर्ब रुपैयाँ रहेको थियो। यो हिसाबले बैंकिङ प्रणालीमा १ वर्षको अवधिमा ६ खर्ब १४ अर्ब रुपैयाँले निक्षेप बढेको छ।

यो १ वर्षको अवधिमा वाणिज्य बैंकहरुको निक्षेप ५ खर्ब ४४ अर्ब रुपैयाँले बढेको छ। अघिल्लो वर्ष असार ३२ गतेसम्म वाणिज्य बैंकहरुको कुल निक्षेप ४५ खर्ब ४० अर्ब रुपैयाँ रहेकोमा गत असार ३१ गतेसम्म बढेर ५० खर्ब ८४ अर्ब रुपैयाँ पुगेको छ।

पछिल्लो १ वर्षको अवधिमा बैंक तथा वित्तीय संस्थाहरुको कर्जा लगानी पनि १ खर्ब ७९ अर्ब रुपैयाँले बढेको छ। अघिल्लो वर्ष असार ३२ गतेसम्म बैंक तथा वित्तीय संस्थाहरुको कुल कर्जा लगानी ४७ खर्ब रुपैयाँ रहेकोमा गत असार ३१ गतेसम्म बढेर ४८ खर्ब ७९ अर्ब रुपैयाँ पुगेको छ।

वाणिज्य बैंकहरुको कर्जा लगानी पनि यो १ वर्षको अवधिमा १ खर्ब ४६ अर्ब रुपैयाँले बढेको छ। अघिल्लो वर्ष असार ३२ गतेसम्म वाणिज्य बैंकहरुको कुल कर्जा लगानी ४१ खर्ब ६८ अर्ब रुपैयाँ रहेकोमा गत असार ३१ गतेसम्म बढेर ४१ खर्ब ६८ अर्ब रुपैयाँ पुगेको छ।

यो अवधिमा बैंक तथा वित्तीय संस्थाहरुको औसत सीडी रेसियो साढे ४ प्रतिशत बढीले घटेको छ। अघिल्ले वर्ष असार ३२ गतेसम्म बैंकहरुको औसत सीडी रेसियो ८६.२२ प्रतिशत रहेकोमा गत असार ३१ गतेसम्म घटेर ८१.६५ प्रतिशतमा झरेको छ। गत असार ३१ गतेसम्म बैंकहरुको अन्तरबैंक ब्याजदर ०.४४ प्रतिशतमा झरेको छ। अघिल्लो वर्ष असार ३२ गतेसम्म अन्तरबैंक ब्याजदर ६.९८ प्रतिशत थियो।