Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
Banner News

वाणिज्य बैंकहरुको नाफा ६७ अर्ब २३ करोड

२०८० श्रावण २ गते

बैंकिङ खबर/आर्थिक वर्ष २०७९/८० को जेठ मसान्तसम्म वाणिज्य बैंकहरुको नाफा ६७ अर्ब २३ करोड रुपैयाँ रहेको छ । २१ वटा वाणिज्य बैंकले जेठ मसान्तसम्ममा ६७ अर्ब २३ करोड नाफा गरेका हुन्। जेठसम्ममा सबैभन्दा धेरै नाफा नबिल बैंकले गरेको छ। बैंकले ७ अर्ब ११ करोड नाफा गरेको छ। त्यसैगरी ग्लोबल आईएमई बैंकले ६ अर्ब ५० करोड र नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले ४ अर्ब ७६ करोड नाफा गरेको छ।

नेपाल बैंकले ३ अर्ब ७ करोड, स्टान्डर्ड चाटर्ड बैंकले ३ अर्ब ११ करोड, हिमालय बैंकले ३ अर्ब २९ करोड, नेपाल एसबिआई बैंकले २ अर्ब ९ करोड, एभरेष्ट बैंकले ३ अर्ब ६ करोड, एनआईसी एशियाले ४ अर्ब ६३ करोड, माछापुच्छ«े बैंकले १ अर्ब ६८ करोड, कुमारी बैंकले २ अर्ब ९५ करोड, लक्ष्मी बैंकले १ अर्ब ६८ करोड, सिद्धार्थ बैंकले २ अर्ब २२ करोड, कृषि विकास बैंकले १ अर्ब ५६ करोड, सिटिजन्स बैंकले १ अर्ब ६८ करोड,, प्राइम कमर्सियल बैंकले ३ अर्ब २१ करोड, सनराइज बैंकले १ अर्ब ५९ करोड, एनएमबि बैंकले ३ अर्ब ३२ करोड, प्रभु बैंकले २ अर्ब ८९ करोड र सानिमा बैंकले २ अर्ब २५ करोड नाफा गरेका छन् ।