Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
Banner News

बैंकहरूको निक्षेप निरन्तर बढ्दो, कर्जा प्रवाह कति ?

२०८० श्रावण २ गते

बैंकिङ खबर/ बैंकहरूको निक्षेप निरन्तर बढेको छ । असार ३० गते एकै दिन ४ अर्बले निक्षेप वृद्धि भएको छ । असार २९ गते ५७ खर्ब ३६ अर्ब रहेको निक्षेप असार ३० गते ५७ खर्ब ४० अर्ब पुगेको हो । कर्जा प्रवाह भने स्थिर रहेको छ ।

निरन्तर निक्षेप वृद्धि हुनु , कर्जा प्रवाह स्थिर हुँदा सिडी रेशियो निरन्तर घटेको छ । असार ३० गते सिडी रेशियो ८१ दशमलव ६२ प्रतिशतमा आएको छ । अन्तर बैंक ब्याज दरपनि शुन्य दशमलव ४७ प्रतिशतमा आएको छ ।