Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
Banner News

बैंकिङ कसुरः काठमाडौंमा मात्रै एक वर्षमा सात हजार बढी मुद्दा दर्ता

२०८० श्रावण १ गते

बैंकिङ खबर/काठमाडौं जिल्लामा एक वर्षमा बंैकिङ कसुरमा सात हजार एक सय एक मुद्दा दर्ता भएका छन् । जिल्ला प्रहरी परिसर काठमाडौं पत्रकार सम्मेलन गरी आर्थिक वर्ष २०७९/८० को एक वर्षमा काठमाडौंभित्र बैंकिङ कसुरसम्बन्धी सात हजार एक सय एक मुद्दा दर्ता भएको जानकारी दिएको हो ।

पत्रकार सम्मेलनमा बोल्दै परिसरका प्रमुख, प्रहरी वरिष्ठ उपरीक्षक दानबहादुर कार्कीले आव २०७८/७९ को तुलनामा आव २०७९/८० मा बैंकिङ कसुरको मुद्दा दोब्बरले बढेको जानकारी दिए । ‘आव २०७८÷७९ मा तीन हजार सात सय १५ मुद्दा दर्ता भएको थियो । आव २०७९/८० मा सात हजार एक सय एक मुद्दा दर्ता भएका छन्, अघिल्लो आवको तुलनामा पछिल्लो आवमा दर्ता भएका मुद्दाको संख्या झन्डै दोब्बर हो’ उनले भने ।