Banking Khabar
ट्रेन्डिङ: बैंकिङ घोटाला जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंकिङ करियर

त्रिवेणी विकास बैंकमा जागीर खुल्यो

admin २०७३ कार्तिक २२ गते
सेयर:

tribeniत्रिवेणी विकास बैंकमा जागीर खुलेको छ । बैंकले काठमाडौँ उपत्यकाबाहिर (काभ्रे, सुनसरी, पर्सा, रुपन्देही, पाल्पा, लमजुङ र कास्की) का शाखाहरुका लागि केही संख्यामा सुपरभाइजर, एसिस्टेन्ट सुपरभाइजर र जुनियर एसिस्टेन्ट माग गरेको हो । 

तीन वटै पदका लागि कम्तीमा व्यवस्थापन संकायमा स्नातक उतीर्ण गरेको हुनुपर्नेछ । सुपरभाइजर तथा एसिस्टेन्ट सुपरभाइजरका लागि कम्तीमा दुई वर्ष बैंकिङ क्षेत्रमा काम गरेको अनुभव भएको र उमेर ३० वर्ष ननाघेको हुनुपर्ने बैंकले जनाएको छ । जुनियर एसिस्टेन्टका लागि भने उमेर २५ वर्ष ननाघेको हुनुपर्नेछ । 

इच्छुक तथा योग्यता पुगेका नेपाली नागरिकले आगामी १९ नोभेम्बर अर्थात मंसिर ४ गतेभित्रमा हस्तलिखित निवेदन, वायोडाटा, नागरिकताको फोटोकपि, शैक्षिक योग्यता झल्काउने प्रमाणपत्रहरु, अनुभव झल्काउने प्रमाणपत्रहरु र एक प्रति पासपोर्ट साइजको फोटो पोस्ट बक्स नम्बर २०७१३ काठमाडौँ या बैंकको इमेल ठेगाना dbank.vacancy@gmail.com मा पठाउनुपर्नेछ । स्थानीयलाई प्राथमिकता दिइने बैंकले जनाएको छ ।

ट्यागहरू:
admin

admin

लेखकको बारेमा थप जानकारी उपलब्ध छैन।