Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
Banner News

विद्युतीय कारोबारमा उल्लेख्य वृद्धिः जेठमा मात्रै ४४ खर्ब २ अर्बको कारोबार

२०८० असार ३१ गते

बैंकिङ खबर/आर्थिक वर्ष २०७९/८० को जेठ मसान्तसम्म विद्युतीय कारोबार संख्यामा उल्लेख्य बढेको पाइएको छ । विद्युतीय कारोबार संख्या बढिरहँदा कारोबार रकममा भने गिरावट आएको छ। २०८० जेठमा मात्रै ९ करोड ८ लाख ९८ हजार ८८३ पटकको विद्युतीय कारोबार हुँदा ४४ खर्ब २ अर्बको कारोबार भएको छ।

गत वर्ष यही अवधिमा ६ करोड ३७ लाख ४० हजार पटक विद्युतीय माध्यमबाट ५४ खर्ब ७ लाख ८६ हजार रुपैयाँको कारोबार भएको थियो। विद्युतीय कारोबार संख्यामा उल्लेख्य बढोत्तरी हुँदा रकम भने १० खर्ब घटेको छ। गत जेठको तुलनामा विद्युतीय कारोबारको संख्या ३ करोड ४३ हजार पटक बढ्दा रकम भने १० खर्बले घटेको हो।

गत वर्ष हरेक महिना आरटीजीएसमार्फत औसत ३० खर्बको कारोबार हुन्थ्यो। अहिले घटेर औसत २० खर्बमा सीमित भएको छ। २०८० जेठमा आरटीजीएसमार्फत ७२ हजार ४७६ पटकको विद्युतीय कारोबार हुँदा २७ खर्ब ५२ अर्ब ७६ करोड ४ लाख रुपैयाँको कारोबार भएको छ।

यस्तै २०८० जेठ एक महिनामा सबैभन्दा धेरै पटक मोबाइल बैंकिङको कारोबार भएको छ । जेठमा मोबाइल बैंकिङमार्फत २ करोड ९२ लाख १० हजार पटक ट्रान्जेक्सन भएको छ। मोबाइल बैंकिङमार्फत २ करोड ९२ लाख १० हजार पटक ट्रान्जेक्सन हुँदा २ अर्ब ३० अर्बको कारोबार भएको छ ।

त्यसैगरी क्युआर कोडमार्फत ९५ हजार पटकको कारोबारमा २८ अर्बको कारोबार भएको छ। कनेक्ट आईपीएसबाट ४६ लाख ३२ हजार पटकमा ४ खर्ब १७ अर्बको कारोबार भएको छ। इन्टरनेट बैंकिङको कारोबार संख्या र कारोबार रकम दुवै बढेको छ। जेठमा २ लाख ८६ हजार पटको कारोबार हुँदा १४ अर्ब ५४ करोड रुपैयाँ लेनदेन भएको छ।

यस्तै जेठमा शाखा रहित बैंकिङमार्फत ७९ हजार पटक कारोबार हुँदा १ अर्ब ७० करोडको कारोबार भएको छ। त्यसैगरी वालेटबाट २ करोड ६ लाख पटकको कारोबारमा २० अर्ब १४ करोड रुपैयाँ लेनदेन भएको छ।