
बैंकिङ खबर/नेपाल राष्ट्र बैंककी डेपुटी गभर्नर निलम ढुंगानाले इन्फ्लेसन (मूल्यवृद्धि) भन्दा तल हुने गरी ब्याजदर घटाउन नहुने बताएकी छन्। वित्तीय संस्था कर्मचारी संघले आयोजना गरेको नेपालको वित्तीय क्षेत्रका चुनौती, समाधानका उपाय तथा भावी कार्यदिशा कार्यक्रमा बोल्दै उनले सो कुरा बताएकी हुन्।
‘पछिल्लो समय ब्याजदर घटाउने कुरा भइरहेको छ, तर मुल्यवृद्धि भन्दा तल हुने गरि ब्याजदर घटाउनु हुँदैन । वास्तविक ब्याजदर पोजेटिभ हुनुपर्छ। ब्याजदर माग र आपूर्तिले निर्धारण गर्छ, होइन भने बचत नै पलाएन हुने कुरा हुन्छ ।’
सबै क्षेत्रका एशोसियसन छन्। बचतकर्ताहरुको कुनै एशोसिएसन छैन। बचतकर्ताको हित कस्ले हेरिदिने ? यस्तो कुरामा नेपाल राष्ट्र बैंकले सोचिदिनुपर्छ भन्ने लाग्छ’, उनले भनिन्। ‘लगानी बढाउन ब्याजदर घटाउनु पर्छ। उत्पादनशील क्षेत्रमा कर्जा प्रवाह गर्न व्याजदर घटाउनु पर्छ’, उनले थपिन्, ‘यता डिपोटिजटरको पक्षबाट पनि हेर्नु पर्छ। यसलाई सन्तुलित बनाएर अघि बढ्नुपर्छ।’
पछिल्लो समय बित्तीय पहुँच बढ्दै गइरहेको उनले बताइन्। वित्तीय पहुँच बढ्दै जादा कर्जा सुरक्षित बनाउने कुरा काम भइरहेको बताइन्। आयातमा आएको कमी र रेमिटान्स वृद्धिले बाह्य क्षेत्र सुधार देखिएको छ। तर केही चुनैती अझै रहेको ढुंगानाले बताइन्।
उनले पुँजी बजारमा बैंकको हिस्सा बढी देखिएको र वास्तविक संस्थाको नियामकीय कम्जोर हुँदा पारदर्शिता कमजोर देखीएको बताइन्। बैंकहरुले धितो राखेर धेरै कर्जा दिए पनि परियोजना अनुसार कर्जा प्रवाह नभएको उनले बताइन्।




