Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
Banner News

विस्तार हुँदै मोबाइल बैंकिङ : नेपालमा २ करोड १० लाख बढी मोबाइल बैंकिङ प्रयोगकर्ता

२०८० असार २६ गते

बैंकिङ खबर/ अनलाइन कारोबार गर्ने ग्राहकको संख्या बढेसँगै मोबाइल बैंकिङ प्रयोगकर्ताको संख्यामा पनि उल्लेख्य वृद्धि भएको छ। पछिल्लो १ महिनामा मात्रै सवा ३ लाख बढी मोबाइल बैंकिङ प्रयोगकर्ता थपिएको छ। गत वैशाखमा मोबाइल बैंकिङ प्रयोगकर्ताको संख्या २ करोड ७ लाख ६३ हजार ३४६ रहेको थियो। जेठमा यो संख्या बढेर २ करोड १० लाख ९१ हजार ५९ पुगेको छ।

अघिल्लो वर्ष जेठमा मोबाइल बैंकिङ प्रयोगकर्ताको संख्या १ करोड ७९ लाख ६१ हजार ६३ रहेको थियो। यो हिसाबले मोबाइल बैंकिङ प्रयोगकर्ताको संख्या पछिल्लो १ वर्षमा ३१ लाख २९ हजार ९९६ ले बढेको राष्ट्र बैंकले जनाएको छ।

यसैगरी इन्टरनेट बैंकिङ प्रयोगकर्ताको संख्या पनि पछिल्लो १ वर्षमा करिब २ लाखले बढेको छ। गत वर्ष जेठसम्म इन्टरनेट बैंकिङ प्रयोगकर्ताको संख्या १६ लाख ३२ हजार ६११ रहेकोमा यो वर्ष जेठसम्म बढेर १८ लाख ३० हजार ४२५ पुगेको छ।

यो वर्ष वैशाखसम्म इन्टरनेट बैंकिङ प्रयोगकर्ताको संख्या १८ लाख ३ हजार ६५ थियो। पछिल्लो १ महिनामा मात्र यो संख्या बढेर २७ हजार ३६० ले बढेको छ।