Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
Banner News

झण्डै १५ खर्ब पुग्यो विदेशी विनिमय सञ्चिति

२०८० असार २५ गते

बैंकिङ खबर/ नेपालमा एक महिनाको अवधिमा साढे १० अर्ब रुपैयाँ बराबरको विदेशी विनिमय सञ्चिति थप भएको छ । नेपाल राष्ट्र बैंकका अनुसार जेठ मसान्तसम्म विदेशी विनिमय सञ्चिति १४ खर्ब ८० अर्ब ८७ करोड रुपैयाँ पुगेको छ । वैशाख मसान्तसम्म विदेशी विनिमय सञ्चिति १४ खर्ब ७० अर्ब ३३ करोड रुपैयाँ रहेको थियो ।

गत असार मसान्तसम्म विदेशी विनिमय सञ्चिति १२ खर्ब १५ अर्ब ८० करोड रुपैयाँ रहेको थियो । त्यसयता सञ्चितिमा २१.८ प्रतिशतको सुधार भएको हो । अमेरिकी डलरमा यस्तो सञ्चिति ११ अर्ब ३० करोड रहेको छ । गत असारमा यस्तो सञ्चिति ९ अर्ब ५४ करोड डलर थियो ।