Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
Banner News

‘ग्राहकलाई सरल भाषामा बुझाएर मात्र सम्बन्ध स्थापना गर्नु बैंकवित्तीय संस्थाको दायित्व हो’

२०८० असार २२ गते

बैंकिङ खबर/ नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाले ग्राहकलाई सम्पूर्ण विषयमा सरल भाषामा बुझाएर मात्र व्यावसायिक सम्बन्ध स्थापना गर्नु दायित्व भएको जनाएको छ । राष्ट्र बैंकले वित्तीय चेतनाका लागि सूचना जारी गर्दै भनेको छ, ‘बैंक तथा वित्तीय संस्थाबाट कुनै पनि सेवा लिनुअघि सोसँग समबन्धित सम्पूर्ण सर्त तथा सोबापत लाग्ने सम्पूर्ण शुल्कका बारेमा बुझेर र विभिन्न संस्थाका सेवाहरु दाँजेर आफूलाई उपयुक्त हुने सेवा मात्र लिनुपर्छ ।’

कसैको बहकाउमा लागेर सम्पूर्ण जानकारी नलिइ यस्ता सेवा लिन नहुने राष्ट्र बैंकले उल्लेख गरेको छ । बैंक तथा वित्तीय संस्थाले सेवाग्राहीलाई वित्तीय सेवासम्बन्धी सर्त, शुल्क, हर्जना, जरिबाना, कमिसन आदिका बारेमा सरल एवम् स्पष्ट भाषमा निःशुल्क रुपमा जानकारी उपलब्ध गराउनु पर्ने व्यवस्था गरिएको राष्ट्र बैंकले जनाएको छ ।