Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
Banner News

२० अर्ब रुपैयाँ प्रणालीबाट तान्दा २९ अर्ब रुपैयाँको आवेदन

२०८० असार १९ गते

बैंकिङ खबर/ प्रणालीमा अधिक भएको तरलता तान्न नेपाल राष्ट्र बैंकले जारी गरेको २० अर्ब रुपैयाँको रिभर्स रिपोमा २८ अर्ब ८० करोड रुपैयाँको लागि आवेदन परेको छ।

मागभन्दा बढी आवेदन परेपनि औषत ब्याज दर चालु बर्षकै उच्च बिन्दुमा कायम भएको छ। राष्ट्र बैंकले मंगलबार जारी गरेको रिभर्स रिपोमा ११ वटा संस्थाले विभिन्न ब्याज दर कबुल गर्दै ६१ वटा आवेदन दिएका थिए।

अधिकतम ब्याज ५.३७ कायम भएको थियो भने न्यूनतम ४.४९ प्रतिशत। औषत ५.०५ प्रतिशत कायम भएको हो। राष्ट्र बैंकले १० दिनका लागि प्रणालीको २० अर्ब रुपैयाँ तानेको हो।

यसअघि असार १० गते २० अर्बको र असार ७ गते १० अर्बको रिभर्स रिपो जारी गरेको थियो। चालु बर्ष गत चैत १० गते पहिलो पटक ५ अर्बको रिभर्स रिपो गरेको थियो।

मंगलबार गरेको रिभर्स रिपोमा सहभागी बैंक, आवेदन, माग रकम र ब्याज सबै बढेको हो। अन्तर बैंक ब्याज दर पुनः तल झर्न थालेर अधिक तरलता देखिन थालेपछि राष्ट्र बैंकले रिभर्स रिपो गरेको हो। २० अर्ब रुपैयाँ तानेपछि अन्तर बैंक सापटी पुन माथि गएको छ।