
बैंकिङ खबर/ नेपाल राष्ट्र बैंकले दैनिक तरलता सुविधासम्बन्धी कार्यविधि (तेस्रो संशोधन, २०८०), २०७६ लाई संशोधन गरेको छ । नयाँ कार्यविधि अनुसार राष्ट्र बैंकबाट सञ्चालित आर.टि.जि.एस. प्रणालीमा सहभागी संस्थाले मात्र दैनिक तरलता सुविधा उपयोग गर्न पाउने उल्लेख छ । दैनिक तरलता सुविधा उपयोग गर्नका लागि सम्बन्धित संस्थाले कम्तीमा दुईजना आधिकारिक व्यक्तिको दस्तखत र संस्थाको छाप लागेको निवेदन विभागमा पेश गर्नुपर्नेछ ।
निवेदनको ढाँचा अनुसूची १ मा उल्लेख भएबमोजिम हुने, दैनिक तरलता सुविधा उपयोग गर्नका लागि सम्बन्धित संस्थाले यस बैंकको मौद्रिक व्यवस्थापन विभागसँग दैनिक तरलता सुविधासम्बन्धी सम्झौता गर्नुपर्नेछ । सम्झौताको ढाँचा अनुसूची–२ मा उल्लेख भएबमोजिम हुने उल्लेख छ ।
दैनिक तरलता सुविधा रकम सीमालाई बैंकको धितो व्यवस्थापन खातामा जम्मा गर्ने प्रयोजनका लागि धितो व्यवस्थापन खाता खोल्न यस बैंकको बैंकिङ विभागमा निवेदन दिनुपर्नेछ । निवेदनको ढाँचा अनुसूची–३ मा उल्लेख भएबमोजिम हुनेछ । सोही आधारमा बैंकिङ विभागले प्रचलित लेखा निर्देशिका तथा बैंकिङ कार्य निर्देशिका बमोजिम निवेदक संस्थाको नाममा खाता खोली खाता नम्बर प्रदान गर्नुपर्ने उल्लेख छ ।
हेर्नुहोस् पूर्णपाठ



