November 4th, 2016

लक्ष्मी लघुवित्तको हकप्रद भर्न छुट्नुभयो ? चिन्ता नलिनुस्, अब २३ गतेसम्म छ म्याद

laxmiलक्ष्मी लघुबित्त वित्तीय संस्थाले हकप्रद सेयर भर्ने म्याद ५ दिन थप गरेको छ । यसअघि कात्तिक १८ गतेसम्म हकप्रद भर्ने म्याद राखेर सूचना निकालेको कम्पनीले शुक्रबार पुनः सूचना जारी गर्दै कात्तिक २३ गतेसम्म हकप्रद भर्न पाइने जानकारी गराएको हो ।

कम्पनीले गत असोज १४ गतेदेखि एक सय रूपैयाँ अंकित मूल्यको ११ लाख कित्ता हकप्रद सेयर बिक्री खुला गरेको छ । भदौ २६ गतेसम्म कायम कम्पनीका शेयरधनीले उक्त हकप्रद सेयरका लागि आवेदन दिन पाउनेछन् । कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा एनएमबि क्यापिटल रहेको छ । लगानीकर्ताले एनएमबि क्यापिटल, एनएमबि बैंकका शाखाकार्यालय तथा लक्ष्मी क्यापिटल मार्फत आवेदन दिन पाउनेछन् ।