Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
Banner News

ट्रेजरीमार्फत ३ अर्ब ६१ करोड आन्तरिक ऋण उठाउँदै सरकार

२०८० असार ११ गते

बैंकिङ खबर/सरकारले आगामी मंगलबार ट्रेजरी बिलमार्फत ३ अर्ब ६१ करोड रुपैयाँ आन्तरिक ऋण उठाउने भएको छ । केन्द्रीय ९१ दिने ट्रेजरीमार्फत उक्त ऋण उठाउने भएको हो । यद्यपि, कूल २४ अर्ब ११ करोड २५ लाख रुपैयाँ बराबरको ट्रेजरी जारी गर्ने भएपनि बैंकले ३ अर्ब ६१ करोड नयाँ जारी गरेर बाँकी पुरानो नवीकरण गर्ने भएको हो । केन्द्रीय बैंकका अनुसार कूल ट्रेजरी मध्ये २० अर्ब ५० करोड २५ लाख रुपैयाँ पुरानो ट्रेजरी नै नवीकरण हुनेछ ।

नयाँ ट्रेजरीका लागि इच्छुक लगानीकर्ताहरुले आवेदन दिन सक्नेछन् । आवेदन भने सोमबार दिउँसो ३ बजेभित्र दिइसक्नुपर्नेछ । आवेदन परेकाहरु मध्येबाट राष्ट्र बैंकले सोमबार दिउँसो ३ बजे बोलकबोल गर्नेछ । यसअघि असार ४ गते केन्द्रीय बैंकले नवीकरण र नयाँ गरी कूल ३० अर्ब ८६ करोड रुपैयाँ बराबरको ट्रेजरी जारी गरेको थियो ।