
बैंकिङ खबर/१ महिनामा नगद सर्कुलेसन १५ अर्बले घटेको छ । वैशाख मसान्तमा ६ अर्ब २३ अर्ब ८९ करोड ७८ लाख रुपैयाँ रहेको नगद सर्कुलेसन जेठ मसान्तमा आउँदा ६ खर्ब ८ अर्ब ५१ करोड ६० लाख रुपैयाँमा झरेको नेपाल राष्ट्र बैंकले जनाएको छ । चैत मसान्तमा ६ खर्ब ११ अर्ब ७८ कधरोड ८१ लाख रुपैयाँ रहेको नगद सर्कुलेसन वैशाखमा बढेको थियो ।
जेठ लागेपछि पुनः घटेको हो । गत वर्ष २०७९ जेठ मसान्तमा ६ खर्ब १२ अर्ब २ करोड ७६ लाख रुपैयाँ नगद सर्कुलेसन रहेकोमा २०८० जेठ मसान्तमा आउँदा घटेको हो ।


