बैंकिङ खबर/बैंकहरु केन्द्रीय बैंकमा पैसा राख्न अनिच्छुक भएका छन् । केन्द्रीय बैंकले आइतबार २० अर्ब रुपैयाँ बजारबाट खिच्न खोजेको भए पनि बैंकहरु भने त्यसमा अनिच्छुक देखिएका हुन्। केन्द्रीय बैंकले जारी गरेको रिभर्स रिपोमा ८ बैंकले १४ अर्ब ७० करोड रुपैयाँको रिपो खरिदको लागि मात्रै आवेदन दिएका छन्।
यस पटक बैंकहरुले ब्याजदर पनि बढाएका छन्। यसअघि गत बिहीबार जारी गरेको रिभर्स रिपोमा औसत ब्याजदर ३.०१०९ प्रतिशत कायम भएकोमा आइतबार भने ब्यादर बढेर ४.२७५३ प्रतिशत पुगेको छ। बैंकहरुले आइतबार न्युनतम २.७९०० प्रतिशत देखि ५.४००० प्रतिशतसम्म ब्याजदर पेश गरेका थिए केन्द्रीय बैंकले धेरै ब्याजदर पेश गर्ने केहि आवेदनको भने पैसा नलिने भएको छ। रिभर्स रिपोमा कुल १४ अर्ब ७० करोड रुपैयाँको आवेदन परेको भए पनि १३ अर्ब २० करोड रुपैयाँमात्रै बजारबाट खिच्ने भएको हो।




