Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
Banner News

काठमाडौं महानगरको बजेटः बैंक तथा वित्तीय संस्थामाथि थप कर(पूर्णपाठ)

२०८० असार १० गते

बैंकिङ खबर/ काठमाडौं महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८०/८१ का लागि २५ अर्ब ५४ करोड ७८ लाख २० हजारको बजेट विनियोजन गरेको छ । आइतबार राष्ट्रिय सभागृहमा उपप्रमुख एवम् बजेट तथा कार्यक्रम तर्जुमा समितिका संयोजक सुनिता डङ्गोलले सार्वजनिक गरेको बजेटमा चालुतर्फ आठ अर्ब ६१ करोड ५३ लाख २८ हजार र पुँजीगततर्फ १६ अर्ब ९३ करोड २४ लाख ९२ हजार बजेट नियोजन गरिएको छ ।

महानगरको बजेटमा बैंक तथा वित्तीय संस्थाहरुमाथि कर थप गरेको छ । अब वाणिज्य बैंकको केन्द्रीय कार्यालयले रु. १ लाख, प्रतिशाखा रु.५० हजार, विस्तारित काउण्टरले रु २० हजार कर तिर्नुपर्ने भएको छ । विकास बैंक केन्द्रीय कार्यालयले रु.७५ हजार, शाखा कार्यालयका लागि प्रतिशाखा रु.४० हजार, विस्तारित काउन्टर रु.१५ हजार कर तिर्नुपर्ने भएको छ । फाइनान्स कम्पनीको केन्द्रीय कार्यालयले रु.५० हजार, शाखा कार्यालयले प्रतिशाखा रु.२५ हजार कर तिर्नुपर्ने र लघुवित्तको केन्द्रीय कार्यालयले रु.२० हजार, शाखाले रु ३ हजार कर तिर्नुपर्ने भएको छ ।