
बैंकिङ खबर/ बैंकिङ्ग प्रणालीमा अधिक तरलता भएपछि नेपाल राष्ट्र बैंकले फेरि बजारबाट तरलता प्रशोचन गर्ने भएको छ। राष्ट्र बैंकले आइतबार रिभर्स रिपो जारी गरी २० अर्ब रुपैयाँ तान्न लागेको हो।
राष्ट्र बैंकलेले बिहीबारमात्रै सात दिनको लागि १० अर्ब रुपैयाँ खिचेको थियो। १० अर्ब खिच्न खोज्दा बैंकहरुले भने २६ अर्बको लागि आवेदन दिएका थिए। १० अर्ब खिच्दासमेत अधिक तरलता रहेको भन्दै केन्द्रिय बैंकले पुनः २० अर्ब रुपैयाँ खिच्न लागेको हो।
अहिले बैंकहरुमा निक्षेप संकलन बढिरहेको छ तर कर्जा लगानी बढ्न सकेको छैन। कर्जा लगानी नबढ्दा बैंकहरुमा लगानीयोग्य रकम थुप्रिएको अवस्था छ।
अहिले अन्तरबैंक सापटीको ब्याजदर ३ प्रतिशतमा झरेको छ। राष्ट्र बैंकले नीतिगत दरलाई ७ प्रतिशतमा राखेको भए पनि अन्तरबैंक निकै तल झरेको छ। नेपाल राष्ट्र बैंकले अन्तरबैंक र दर नीतिगत दरभन्दा २ प्रतिशत तल झरेमा बजारबाट तरलता प्रशोचन गर्ने जनाएको छ।




