Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
Banner News

अन्तरबैंक सापटीको ब्याजदर ३.६४ प्रतिशत

२०८० असार १० गते

बैंकिङ खबर/बैंक तथा वित्तीय संस्थाहरुमा निरन्तर निक्षेप थपिँदै जाँदा कर्जा प्रवाह भने सुस्त देखिएको छ। पछिल्लो एक दिनमै बैंक तथा वित्तीय संस्थाहरुमा ४ अर्ब निक्षेप थपिएको हो। एकैदिन ४ अर्ब निक्षेप थपिएपनि कर्जा प्रवाह बढ्न सकेको छैन।

२०८० असार असार ५ गतेसम्म बैंक तथा वित्तीय संस्थामा ५५ खर्ब ६७ अर्ब रहेको निक्षेप एकैदिन ४ अर्बले बढेर ५५ खर्ब ७१ अर्ब पुगेको छ। त्यसैगरी त्यही दिनसम्म बैंक तथा वित्तीय संस्थामा ४८ खर्ब ५६ अर्ब रहेको कर्जा प्रवाह स्थिर नै देखिएको छ।

बैंकहरुको मात्रै कर्जा प्रवाह भने १ अर्ब घटेको छ। असार ५ गतेसम्म वाणिज्य बैंकहरुले ४३ खर्ब कर्जा प्रवाह गरेकोमा एकैदिन १ अर्ब घटेर ४२ खर्ब ९९ अर्बमा सीमित भएको छ।

तथा वित्तीय संस्थाहरुमा निक्षेप बढेर कर्जा प्रवाह घट्दा कर्जा निक्षेप अनुपात (सीडी रेसियो) सुधार आएको छ। असार ६ गतेसम्म आइपुग्दा बैंक तथा वित्तीय संस्थाको औषत सीडी रेसियो ८३.९६ प्रतिशत आएको छ। साथै, अन्तरबैंक सापटीको ब्याजदर निरन्तर घट्दै गएको छ। अन्तरबैंक सापटीको ब्याजदर ३.६४ प्रतिशतमा आइपुगेको छ।

बैंक तथा वित्तीय संस्थाहरुमा निक्षेप बढ्दै जानथालेसँगै अन्तर बैंक सापटीको ब्याजदर घट्दै गएको हो। गत जेठ २६ गतेसम्म अन्तर बैंक सापटीको ब्याजदर ६.३१ प्रतिशत थियो।