Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
Banner News

बैंकिङ प्रणालीमा अधिक तरलताः१० अर्ब माग्दा २६ अर्ब ३३ करोड दिन तयार

२०८० असार ८ गते

बैंकिङ खबर/नेपाल राष्ट्र बैंकले बैंकिङ्ग प्रणालीमा अधिक तरलता रहेको भन्दै बिहीबार १० अर्ब तरलता खिच्न खोज्दा बैंकहरुले २६ अर्ब रुपैयाँभन्दा धेरैको लागि आवेदन दिएका छन्।

बिहीबार रिभर्स रिपोमार्फत १० अर्ब खिच्नको लागि आवेदन माग गरेको थियो। जसमा ९ बैंक तथा वित्तीय संस्थाले ५९ वटा बोलकबोलमार्फत २६ अर्ब ३३ करोड रुपैयाँको लागि आवेदन दिएका छन्। राष्ट्र बैंकले एक साताको लागि उक्त रकम तान्न खोजेको थियो। अहिले बैंकहरुमा निक्षेप बढ्दै जाँदा अधिक तरलता रहेको छ। बुधबारसम्ममा बैंकिङ्ग प्रणालीमा सिआरआर बाहेक २० अर्ब रुपैयाँ अधिक तरलता रहेको जनाएको छ।

पछिल्लो समय कर्जा लगानी कम हुँदा बैंकहरुको सिडि रेशियो ८४ प्रतिशतभन्दा तल झरीसकेको छ। यसले गर्दा पनि बैंकहरुमा अधिक लगानीयोग्य रकम देखिन्छ। बैंकहरुलाई लगानीयोग्य रकम बैंकमै थुपारेर राख्नु भन्दा न्युन ब्याजदरमा भए पनि कुनै क्षेत्रमा लगानी गर्नु फाइदा हुन्छ। अहिले कर्जाको माग न्युन छ।