Banking Khabar
ट्रेन्डिङ: बैंकिङ घोटाला जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंकिङ करियर

बैंकमा जागीर खाने हो ? सेवा र महालक्ष्मी विकास बैंकमा आवेदन दिनुस्, सोमबारसम्म छ म्याद

admin २०७३ कार्तिक २० गते
सेयर:

बैंकिङ करिअर बनाउने सोचमा हुनुहुन्छ ? यदि हुनुहुन्छ भने सेवा विकास बैंक र महालक्ष्मी विकास बैंकले तपाईँलाई त्यो अवसर प्रदान गरेका छन् । यी दुई विकास बैंकले ठूलो संख्यामा कर्मचारी माग गरिरहेका छन् । दुबै बैंकमा आवेदन बुझाउने समय ७ नोभेम्बर अर्थात कात्तिक २२ गते (सोमबार)सम्म रहेको छ ।

बुटवलमा केन्द्रिय कार्यालय रहेको सेवा विकास बैंकले विभिन्न पदमा ठूलो संख्यामा कर्मचारी माग गरेको छ । बैंकले अफिसर, एसिस्टेन्ट र पिउन पदका लागि कर्मचारी माग गरेको हो । इच्छुक, योग्यता पुगेका, कम्प्युटरसम्बन्धि ज्ञान भएको र अग्रेजी तथा नेपाली भाषा (लिखित र मौखिक)मा पोख्त नेपाली नागरिकलाई वायोडाटा, पासपोर्ट साइजको फोटो, सबै शैक्षिक प्रमाणपत्र र निवेदन सहित कम्पनीको प्रधान कार्यालयमा सम्पर्क गर्न आह्वान गरिएको छ । 

यता, महालक्ष्मी विकास बैंकले १८ जना कर्मचारी माग गरेको छ । बैंकले ८ जना सुपरभाइजर र १० जना अफिसर माग गरेको हो । पुमोरी सफ्टवेर सम्बन्धि व्यवहारिक ज्ञान भएको, राम्रो कम्युनिकेसन स्किल भएको, अग्रेजी र नेपाली भाषा लेखनका साथै बोलाईमा पनि पोख्त उम्मेदवारले ७ नोभेम्बर अर्थात कात्तिक २२ गतेभित्रमा निवेदन, वायोडाटा र हालसालै खिचेको पासपोर्ट साइजको फोटो career@mahalaxmi.com.np मा पठाउनुपर्नेछ ।

ट्यागहरू:
admin

admin

लेखकको बारेमा थप जानकारी उपलब्ध छैन।