November 4th, 2016

सानिमा र नविल बैंकमा जागीरका लागि एप्लाई गर्नुभयो ? आज सकिँदैछ म्याद

सानिमा बैंकले अफिसर र एसिस्टेन्ट तहका विभिन्न पदका लागि कर्मचारी माग गरेको छ । बैंकले रिलेसनसिप मेनेजर, ब्रान्च मेनेजर, ब्रान्च अपरेसन इन्चार्ज, लिगल अफिसर, रिलेसनसिप अफिसर र ब्रान्च असिस्टेन्ट माग गरेको हो । अफिसर तहका रिलेसनसिप मेनेजर कर्जा डिपार्टका लागि दुई जना र निक्षेप व्यवस्थापन डिपार्टका लागि एक जना माग गरिएको छ । कर्जा डिपार्टका लागि एसिस्टेन्ट तहमा रहेर काम गर्ने रिलेशनसिप मेनेजर माग गरिएको छ । विभिन्न शाखाहरुका लागि एसिस्टेन्ट माग गरिएको छ भने बैंकासुरेन्सका लागि एसिस्टेन्ट तहमा रहेर काम गर्ने रिलेसनसिप अफिसर माग गरिएको छ । 

त्यस्तै, नविल बैंकले ११० जना कर्मचारीको दरखास्त आह्वान गरेको छ । बैंकले १०० जना ट्रेनी एसिस्टेन्ट र १० जना म्यानेजमेन्ट ट्रेनी माग गरेको हो । बैंकले फ्रेस कर्मचारी माग गरेकाले तपाईँका लागि बैंकिङ करिअरको ढोका नविल बैंकले खोल्न सक्छ ।

इच्छुक तथा योग्यता पुगेका उम्मेदवारले आज (शुक्रबार) बैंकिङ समयभित्र आवेदन दिइसक्नुपर्नेछ ।  


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]