Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
Banner News

सम्पत्ति शुद्धीकरण निवारणसम्बन्धी प्रक्रियामा बैंकहरुको लापरबाही: राष्ट्र बैंक

२०८० असार ७ गते

बैंकिङ खबर/ नेपाल राष्ट्र बैंकले सम्पत्ति शुद्धीकरण निवारणसम्बन्धी व्यवस्थाअनुसारको प्रक्रियामा पनि बैंकहरूले लापरबाही गरेको जनाएको छ ।
राष्ट्र बैंकले सार्वजनिक गरेको बैंकहरूको गत आर्थिक वर्ष २०७८/७९ को वार्षिक सुपरीवेक्षण प्रतिवेदनले यस्तो देखाएको हो।

ग्राहकको पहिचानका लागि अनिवार्य व्यवस्था गरिएको केवाइसी फाराममा ग्राहकको आवश्यक जानकारी उल्लेख नगरिएको पाइएको हो । जोखिमका आधार ग्राहकको आवधिक रूपमा अनुसन्धान गर्ने प्रक्रियालाई पालना नगरेको उल्लेख छ । त्यस्तै, यस सम्बन्धमा खटिएका कर्मचारीलाई सम्पत्ति शुद्धीकरणसम्बन्धी खास पदावलीबारे समेत ज्ञान नभएको उल्लेख छ ।

केवाइसी अपडेट गर्ने गम्भीर विषयको जिम्मेवारी सम्पत्ति शुद्धीकरणसम्बन्धी औसत जानकारी र गाम्भीर्यता नबुझेका कर्मचारीलाई दिइएको प्रतिवेदनमा भनिएको छ ।

त्यस्तै, केही बैंकका कोर बैंकिङ सिस्टमले शंकास्पद कारोबारलाई पहिचान गर्ने सूचकसमेत देखाउन सक्दैनन् । त्यस्तै, यसका लागि उपयुक्त सफ्टवेयरको समेत व्यवस्था गरिएको छैन ।