Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
Banner News

एकै दिन बैंकमा थपियो ६ अर्ब निक्षेप

२०८० असार ६ गते

बैंकिङ खबर/वाणिज्य बैंकहरुमा ६ अर्ब रुपैयाँ निक्षेप थपिएको छ। २०८० असार २ गते वाणिज्य बैंकहरुमा ४९ खर्ब ११ अर्ब रहेको निक्षेप एकैदिन ६ अर्बले बढेर ४९ खर्ब १७ अर्ब पुगेको छ।

असार ३ गतेसम्म आइपुग्दा बैंक तथा वित्तीय संस्थामा कुल ५५ खर्ब ७३ अर्ब रुपैयाँ निक्षेप पुगेको छ। जसमध्ये ४९ खर्ब १७ अर्ब रुपैयाँ निक्षेप वाणिज्य बैंक रहेको छ। बैंक तथा वित्तीय संस्थाहरुमा निरन्तर निक्षेप थपिदै जादा कर्जा प्रवाह न्यू देखिएको छ। पछिल्लो एक दिनमा बैंक तथा वित्तीय संस्थाले १ अर्ब रुपैयाँ कर्जा प्रवाह बढाएका छन्।

निरन्तर निक्षेप थपिदै कर्जा प्रवाह सुस्त हुँदा बैंक तथा वित्तीय संस्थामा कर्जा निक्षेप अनुपात (सीडी रेसियो) ८३.८८ प्रतिशतमा आइपुगेको छ। साथै,, अन्तर बैंक सापटीको ब्याजदर समेत घट्दै गइरहेको छ। असार ३ गतेसम्म आइपुग्ला अन्तर बैंक सापटीको ब्याजदर ४.५१ प्रतिशतमा झरेको छ। अन्तर बैंक सापटी र सीडी रेसियो आएको सुधारसँगै बैंक तथा वित्तीय संस्थामा लगानी योग्य रकम (तरलता)सहज हुँदै गएको देखिन्छ।