Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
Banner News

वाणिज्य बैंकहरूको नाफा १७.३७% ले वृद्धि

२०८० असार ५ गते

बैंकिङ खबर/नेपाल राष्ट्र बैंकका अनुसार १० महिनामा वाणिज्य बैंकहरूले ५७ अर्ब १६ करोड नाफा कमाएका छन् । यो चैतसम्मको तुलनामा १७.३७ प्रतिशतले बढी हो । चैतसम्ममा बैंकहरूको नाफा ४८ अर्ब ७० करोड रुपैयाँ थियो । वैशाखमा मात्रै बैंकहरूको नाफा आठ अर्ब ४६ करोडले बढेको हो । चैतमा नाफा ०.२६ प्रतिशतले घटेको थियो । १० महिनामा बैंकहरूले पाँच खर्ब १० अर्ब आम्दानी गरेका छन् । जसमा ब्याज आम्दानी मात्रै चार खर्ब ६२ अर्ब पुगेको छ ।

यो अवधिमा सबैभन्दा बढी नाफा कमाउनेमा नबिल बैंक रहेको छ । बैंकले ६ अर्ब १२ करोड ४ लाख रुपैयाँ नाफा आर्जन गरेको छ । दोस्रोमा ग्लोबल आइएमई बैंक रहेको छ । बैंकले ५ अर्ब ३४ करोड ११ लाख रुपैयाँ नाफा आर्जन गरेको छ भने तेस्रो स्थानमा रहेको एनआईसी एसिया बैंकले ४ अर्ब ३९ करोड २७ लाख रुपैयाँ नाफा आर्जन गरेको छ । राष्ट्रिय वाणिज्य बैंकले ४ अर्ब ५ करोड ५० लाख रुपैयाँ नाफा आर्जन गरेको छ।

यस्तै नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले ३ अर्ब ८९ करोड ७२ लाख रुपैयाँ नाफा आर्जन गरेको छ । वैशाख महिनासम्ममा ८ वटा बैंकको नाफा २ अर्ब माथी रहेको छ । २ अर्ब भन्दा कम नाफा हुनेमा ८ वटा बैंक रहेका छन् । सबै थोरै नाफा कृषि विकास बैंकको १ अर्ब २२ करोड २६ लाख रुपैयाँ रहेको छ ।

कुनको कति ?