Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
Banner News

भारतीय पर्यटकले रोज्ने भुक्तानी माध्यमबारे अध्ययन गर्दै राष्ट्र बैंक

२०८० जेष्ठ ३२ गते

बैंकिङ खबर/राष्ट्र बैंकले नेपाल आउने भारतीय पर्यटकहरूको रोजाइको विद्युतीय भुक्तानी माध्यमबारे अध्ययन गर्ने भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ’प्रचण्ड’ को भारत भ्रमण क्रममा नेपाल–भारतबीच अन्तरदेशीय भुक्तानी सम्झौता भएको थियो। यही सम्झौतालाई सघाउने गरी यस्तो अध्ययनको तयारी गरेको हो ।

राष्ट्र बैंकका कार्यकारी निर्देशक तथा भुक्तानी विभाग प्रमुख गुरुप्रसाद पौडेलका अनुसार सीमा नाका नजिकका प्रदेशस्तरीय कार्यालयहरूबाट यस्तो अध्ययन गर्ने तयारी गरेको बताए । पर्यटन बोर्डको तथ्यांकअनुसार हाल वार्षिक सरदर दुई लाख १० हजार भारतीय पर्यटक आउँछन्। अहिले नेपालले पाँच सय र दुई हजारका भारतीय नोट चलनचल्तीमा रोक लगाएको छ। यस्तो अवस्थामा डिजिटल प्रविधि समेत असहज हुँदा भारतीय पर्यटक निरूत्साहित हुने सम्भावना भएको भन्दै अध्ययन थालिएको हो।