Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
Banner News

राष्ट्र बैंकबाट १० महिनामा ४९ खर्ब ४९ अर्ब तरलता प्रवाह

२०८० जेष्ठ २८ गते

बैंकिङ खबर/ चालु आर्थिक वर्षको १० महिनामा केन्द्रीय बैंकले ४९ खर्ब ४९ अर्ब ४७ करोड रुपैयाँ बराबरको तरलता बजारमा प्रवाह गरेको छ । समीक्षा अवधिमा केन्द्रीय बैंकबाट रिपोमार्फत ४ खर्ब १४ अर्ब ४७ करोड रुपैयाँ, सोझै खरिद बोलकबोल मार्फत ८९ अर्ब ७० करोड रुपैयाँ, स्थायी तरलता सुविधामार्फत २७ खर्ब २६ अर्ब ९६ करोड रुपैयाँ र ओभरनाइट तरलता सुविधामार्फत १७ खर्ब १८ अर्ब ८ करोड रुपैयाँ गरी कुल ४९ खर्ब ४९ अर्ब २२ करोड (कारोबारमा आधारित) रुपैयाँ तरलता प्रवाह गरिएको बैंकले जनाएको हो ।

सोही अवधिमा रिभर्स रिपोमार्फत ५ अर्ब रुपैयाँ बजारबाट तरलता प्रशोचन गरिएको समेत बैंकले जनाएको छ । अघिल्लो वर्षको सोही अवधिमा विभिन्न उपकरणहरूमार्फत खुद ७३ खर्ब ४२ अर्ब ६५ करोड तरलता प्रवाह गरिएको थियो ।

समीक्षा अवधिमा केन्द्रीय बैंकले विदेशी विनिमय बजार (वाणिज्य बैंकहरु) बाट अमेरिकी डलर ४ अर्ब ७४ करोड खुद खरिद गरी ६ खर्ब १९ अर्ब ७६ करोड रुपैयाँ तरलता प्रवाह गरिएको समेत बैंकले जनाएको छ । अघिल्लो वर्षको सोही अवधिमा विदेशी विनिमय बजारबाट अमेरिकी डलर २ अर्ब १२ करोड खुद खरिद गरी २ खर्ब ५६ अर्ब ७३ करोड रुपैयाँ तरलता प्रवाह गरिएको थियो ।

समीक्षा अवधिमा अमेरिकी डलर ३ अर्ब ८६ करोड बिक्री गरी ५ खर्ब ४ अर्ब ११ करोड रुपैयाँ बराबरको भारतीय मुद्राको खरिद गरिएको बैंकले जनाएको छ । अघिल्लो वर्षको सोही अवधिमा अमेरिकी डलर ३ अर्ब ९६ करोड बिक्री गरी रु.४७५ अर्ब ६८ करोड रुपैयाँ बराबरको भारतीय मुद्रा खरिद गरिएको थियो ।