Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
Banner News

यस्तो छ देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति(पूर्णपाठ)

२०८० जेष्ठ २६ गते

बैंकिङ खबर/ नेपाल राष्ट्र बैंकले १० महिनाको देशको आर्थिक तथा वित्तीय स्थिति सार्वजनिक गरेको छ । प्रतिवेदन अनुसार दश महिनाको अवधिमा वार्षिक बिन्दुगत आधारमा उपभोक्ता मूल्य सूचकाङ्कमा आधारित मुद्रास्फीति ७.४१ प्रतिशत रहेको छ ।

आयात १६.८ प्रतिशतले, निर्यात २४.५ प्रतिशतले र कुल वस्तु व्यापार घाटा १५.९ प्रतिशतले घटेको छ । विप्रेषण आप्रवाह नेपाली रुपैयाँमा २३.४ प्रतिशतले र अमेरिकी डलरमा १३.४ प्रतिशतले बढेको छ ।

शोधनान्तर स्थिति रु.२१४ अर्ब ६७ करोडलेबचतमा रहेको छ । कुल विदेशी विनिमय सञ्चिति रु.१४७० अर्ब ३३ करोड र अमेरिकी डलरमा ११ अर्ब २१ करोड रहेको छ ।

संघीय सरकारको खर्च रु.१०४७ अर्ब ७६ करोड र राजस्व परिचालन रु.७५६ अर्ब २५ करोड रहेको छ । विस्तृत मुद्राप्रदाय ६.९ प्रतिशतले बढेको छ । वार्षिक बिन्दुगत आधारमा यस्तो मुद्राप्रदाय १० प्रतिशतले बढेको छ ।

बैंक तथा वित्तीय संस्थाको निक्षेप संकलन ७.३ प्रतिशतले बढेको छ र निजी क्षेत्रमा प्रवाहित कर्जा ३.१ प्रतिशतले बढेको छ । वार्षिक बिन्दुगत आधारमा निक्षेपको वृद्धिदर ११.४ प्रतिशत र निजी क्षेत्रमा प्रवाहित कर्जाको वृद्धिदर ३.३ प्रतिशत रहेको छ ।