
बैंकिङ खबर/असारमा कर्जाको ब्याज घट्ने भएको छ । असारमा कर्जाको १२.३ प्रतिशत पुग्नेछ । राष्ट्र बैंकले प्रकाशित गरेको तथ्यांक अनुसार चैतमा १२.८४ प्रतिशत रहेको कर्जाको औषत ब्याजदर बैशाखमा घटेर १२.६ प्रतिशत पुगेको छ ।
बैशाख र जेठमा निक्षेपको ब्याजदर घटेकाले असारमा बैंकको आधारदर ०.२४ प्रतिशत बिन्दुले घट्ने कर्जाको ब्याजदर सोही अनुपातमा घट्ने अनुमान गरिएको छ ।
चैत महिनामा १०.४८ प्रतिशत रहेको बैंक तथा वित्तीय संस्थाको आधार दर बैशाखमा घटेर १०.२२ प्रतिशत पुगेको छ । असार महिना आधार दर घट्दै १० प्रतिशत भन्दा मुनी पुग्ने बैंकरहरुको आंकलन छ ।
नेपाल बैंकर्स संघका अध्यक्ष सुनिल केसी सरकारले आगामी वर्ष मुल्यवृद्धि ६.५ प्रतिशतमा सिमित राख्ने लक्ष्य लिएका कारण ब्याजदर घटाउने स्पेश भए÷नभएको विषयमा अध्ययन गरिने बताए ।



