
बैंकिङ खबर/ नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाका अध्यक्षहरुसँग मौद्रिक नीति र समसामयिक विषयमा छलफल गरेको छ । राष्ट्र बैंकले ’क’, ’ख’ र ’ग’ वर्गका बैंक तथा वित्तीय संस्थाको सञ्चालक समितिका अध्यक्षहरूसँग याक एण्ड यति होटेलमा अन्तरक्रिया गरेको हो । सो अवसरमा बैंकका अध्यक्षहरुले बैंकको बेथिति र त्यसमा सुधार गनुपर्नेे पक्षमा राष्ट्र बैंक केन्द्रित हुनुपर्ने विषयमा जोड दिएका थिए ।
राष्ट्र बैंकले यो तत्काल सुधार गर्न र सुधार नगरे यसमा ठूलो कारवाही गर्ने चेतावनी दिएको थियो ।
कार्यक्रममा राष्ट्र बैंकका महाप्रसाद अधिकारीले राष्ट्र बैंकका ब्याजदर एकल अंकमा ल्याउँदा पुँजी पलायन हुने जोखिमतर्फ सचेत हुनुपर्ने बताएका थिए । एकल अंकको ब्याजदर भनेर मात्रै नहुने र त्यसले ल्याउन सक्ने जोखिमबारे पनि सोच्नुपर्ने उनले बताएका थिए ।
कार्यक्रममा ग्लोबल आइएमई बैंकका अध्यक्ष चन्द्र ढकालले बैंकहरुविरुद्ध नकारात्मक सन्देशमूलक सूचना प्रवाह भइरहेको र राष्ट्र बैंकलाई यस विषयमा गम्भीरताका साथ सोच्न आग्रह गरेका थिए । उनले त्यस्तै, माछापुच्छ्रे बैंकका अध्यक्ष उपेन्द्र महतोले प्रमोटर र पब्लिक शेयर विषयमा आफ्ना धारणा राखेका थिए । उनले बैंकका लगानीकर्ताहरुका लागि १५ प्रतिशतको लगानी सीमा हटाउनुपर्नेमा जोड दिएका थिए ।
छलफलमा राष्ट्र बैंकको तर्फबाट गभर्नर महाप्रसाद अधिकारी, डेपुटी गभर्नर बम बहादुर मिश्र, नियमन विभागका कार्यकारी निर्देशक डा. गुणाकर भट्ट, बैंक सुपरिवेक्षण विभागका कार्यकारी निर्देशक देव कुमार ढकाल र बैंक तथा वित्तीय संस्थाहरुका अध्यक्षहरुको उपस्थिति रहेको थियो ।



