Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
Banner News

बैंकहरुको कर्जाको स्थिर ब्याजदर घट्यो

२०८० जेष्ठ २४ गते

बैंकिङ खबर/ बैंकहरुले कर्जाको स्थिर ब्याजदर घटाउन थालेका छन्। केहि बैंकहरुले घर कर्जाको स्थिर ब्याजदर १० प्रतिशतमा बनाएका छन् ।

नविल बैंकले सात वर्षसम्मको लागि १०.४९ प्रतिशत स्थिर ब्याजदरमा घर कर्जा दिने नयाँ स्किम ल्याएको छ। यसअघि बैंकले प्रकाशित गरेको सूचनामा ५ वर्षसम्मको स्थिर घर कर्जाको ब्याजदर १३.४९ प्रतिशत तोकिएको थियो। ब्याजदर घट्दो क्रममा गएपछि बैंकहरुले स्थिर ब्याजदर पनि घटाएका हुन्।

एनआइसी एशिया बैंकले गत माघमा १५.९९ प्रतिशत पु–याएको स्थिर ब्याजदर अहिले १४.९९ प्रतिशत कायम गरेको छ। ग्लोबल आइएमई बैंकले जेठदेखि कर्जाको स्थिर ब्याजदर ०.४९ प्रतिशत विन्दुले घटाएको छ। यस्तै सिद्धार्थ बैंकले पनि चैत यता कर्जाको स्थिर ब्याजदर १ प्रतिशत विन्दुले घटाएको छ ।

लक्ष्मी बैंकले पनि कर्जाको स्थिर ब्याजदर १ प्रतिशत विन्दुले घटाएको छ। सानिमा बैंकले पनि फागुन यता यस्तो ब्याजदर १ प्रतिशत विन्दुले घटाएको छ।

नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थानलाई कर्जामा स्थिर र परिवर्तनीय दुबै ब्याजदर प्रकाशित गर्न निर्देशन दिएको छ। सोहि अनुसार पछिल्लो समय बैंकहरुले स्थिर र परिवर्तनीय गरी दुई किसिमका ब्याजदर प्रकाशित गर्ने गरेका हुन्।