Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
Banner News

बैंक खाता खोल्न प्यान अनिवार्यः अनलाइनबाटै यसरी खोल्नुहोस् व्यक्तिगत प्यान

२०८० जेष्ठ २१ गते

बैंकिङ खबर/ बैंक तथा सहकारीमा खाता खोल्न प्यान नम्बर अनिवार्य गरिने भएको छ । अर्थमन्त्री डा.प्रकाशशरण महतले आव २०८०/०८१ को बजेट प्रस्तुत गर्दै आगामी आर्थिक वर्षबाट यस्तो व्यवस्था भएको बताए । उनले आगामी आवदेखि कुनै पनि बैंक खाता खोल्न वा सहकारीमा खाता खोल्न प्यान नम्बर (स्थाई लेखा नम्बर) अनिवार्य हुने बताए ।

के हो प्यान नम्बर ?

स्थायी लेखा नम्बर अर्थात प्यान प्रत्येक करदाताको पहिचानका लागि दिइने स्थायी संकेत अंक हो । यो ९ डिजिटको हुन्छ । कुनै व्यक्तिले व्यवसाय गर्ने स्थल वा व्यवसायको प्रकृति वा अन्य विवरण बदली गरे पनि करदाताको संकेत नम्बर भने स्थायी हुन्छ ।

यो कर तिर्ने प्रयोजनमा काम लाग्छ । यसबाहेक कुनै पनि आधिकारिक निकायलाई कर प्रयोजनका लागि आवश्यक परेका सूचना समेत यहाँ भण्डार गरिएको हुन्छ ।

कसरी लिन सकिन्छ ?

अनलाइनबाटै व्यक्तिगत प्यान लिन सुरुमा आन्तरिक राजस्व विभागको वेबसाइट खोल्नुपर्छ। त्यसपछि रजिस्ट्रेसनमा (प्यान, भ्याट)भित्र रहेको एप्लिकेसन फर रजिस्ट्रेसनमा क्लिक गर्नुपर्छ।

अनि युजर नेम, पासवर्डलगायतका विविरण भरी पर्सनल प्यानमा चिनो लगाउनुपर्छ। कुन कार्यालयबाट व्यक्तिगत प्यान लिने हो, सो कार्यालय छानी ‘ओके’मा क्लिक गर्नुपर्छ।

अब कन्टिन्युमा क्लिक गरेपछि सम्पूर्ण विवरण भर्नुपर्छ। त्यसपछि सब्मिट गरेपछि मोबाइल र ई–मेलमा ओटीपी आउनेछ। अनि ओटीपी भर्ने र भेरिफाई भएपछि मोबाइल वा ई–मेलमा प्यान आउनेछ। कार्यालयबाट भेरिफाई भएपछि विवरण भर्दाको लगइनबाट प्रिन्ट गर्ने व्यवस्थासमेत गरिएको छ।