
बैंकिङ खबर/चालु आर्थिक वर्ष १० महिनाको अवधिमा वाणिज्य बैंकहरुको लगानी २.९६ प्रतिशतले मात्रै बढेको छ । जसमा १ खर्ब २३ अर्ब रुपैयाँ कर्जा प्रवाह भएको छ ।
नेपाल बैंकर्स संघका अनुसार गत आर्थिक वर्षको अन्त्य अर्थात् असार मसान्तसम्म कुल ४१ खर्ब ७४ अर्ब ८४ करोड रुपैयाँ कर्जा प्रवाह भएकोमा चालु आर्थिक वर्ष वैशाख मसान्तसम्म ४२ खर्ब ९८ अर्ब ६१ करोड प्रवाह भएको छ ।राष्ट्र बैंकले चालु आर्थिक वर्ष निजी क्षेत्रमा जाने कर्जाको वृद्धिदर १२.६ प्रतिशत रहने अनुमान गरेको थियो ।
तर १० महिना पुग्दा जम्मा २.९६ प्रतिशत मात्रैले बढेको छ । चालु आर्थिक वर्षको १० महिनामा नबिल बैंकले सबैभन्दा धेरै २५ अर्ब ५३ करोड रुपैयाँ कर्जा विस्तार गरेको देखिन्छ । सो बैंकले नेपाल बंगलादेश बैंकलाई गाभेपछि थप भएको कर्जाका कारण यस्तो तथ्यांक देखिएको हो ।
कर्जाको मागमा शिथिलता आउँदा बैंकहरुको सीडी रेसियो (कर्जा निक्षेप अनुपात) घट्दै गएको छ । असार मसान्तसम्म ८८ प्रतिशत रहेको सीडी रेसियो हाल घटेर ८४ प्रतिशतमा झरेको छ । यसको अर्थ कर्जा प्रवाहभन्दा निक्षेपको वृद्धि बढी हुनु हो ।
चालु आर्थिक वर्षको साउनदेखि वैशाखसम्म १० महिनाको अवधिमा निक्षेप २ खर्ब ९९ अर्ब रुपैयाँ थपिएको छ । संघका अनुसार गत आर्थिक वर्षको अन्त्य (असार मसान्त)सम्म ४५ खर्ब ४१ अर्ब ४४ करोड रुपैयाँ निक्षेप संकलन भएकोमा यो आर्थिक वर्ष वैशाख मसान्तसम्म ४८ खर्ब ४० अर्ब ४४ करोड पुगेको छ ।
सो अवधिमा निक्षेप ६.५ प्रतिशतले बढेको हो । तरलता सहज भए पनि आगामी दिनमा चाप पर्न सक्ने नेपाल बैंकर्स संघका अध्यक्ष सुनिल केसीको भनाइ छ ।
कुन बैंकको कति कर्जा प्रवाह ?
|
बैंक |
२०७९ असार मसान्तसम्म कर्जा |
२०८० वैशाख मसान्तसम्म कर्जा |
|
कृषि विकास |
१ खर्ब ७८ अर्ब ५५ करोड | १ खर्ब ८० अर्ब ५२ करोड |
|
सिटिजन्स |
१ खर्ब ३५ अर्ब ७७ करोड | १ खर्ब ४२ अर्ब ६१ करोड |
|
एभरेस्ट |
१ खर्ब ५४ अर्ब ५५ करोड | १ खर्ब ६४ अर्ब ६९ करोड |
|
ग्लोबल आईएमई |
३ खर्ब ७८ अर्ब ९३ करोड | ३ खर्ब ७७ अर्ब ७७ करोड |
|
हिमालयन |
२ खर्ब ४३ अर्ब ६३ करोड | २ खर्ब ४८ अर्ब ६५ करोड |
|
कुमारी |
२ खर्ब ८६ अर्ब ३७ करोड | २ खर्ब ८७ अर्ब २१ करोड |
|
लक्ष्मी |
१ खर्ब ३२ अर्ब ५७ करोड | १ खर्ब ३५ अर्ब ५१ करोड |
|
माछापुच्छ्रे |
१ खर्ब २९ अर्ब ६१ करोड | १ खर्ब ३२ अर्ब २४ करोड |
|
नबिल |
३ खर्ब ९ अर्ब ६ करोड | ३ खर्ब ३४ अर्ब ५९ करोड |
|
नेपाल |
१ खर्ब ८० अर्ब ८२ करोड | १ खर्ब ८२ अर्ब ३ करोड |
|
इन्भेस्टमेन्ट मेगा |
३ खर्ब १८ अर्ब २० करोड | ३ खर्ब २२ अर्ब १३ करोड |
|
एनआईसी एसिया |
२ खर्ब ६८ अर्ब २४ करोड | २ खर्ब ७५ अर्ब ६६ करोड |
|
एनएमबी |
१ खर्ब ८२ अर्ब ९ करोड | १ खर्ब ९२ अर्ब ५६ करोड |
|
एसबीआई |
१ खर्ब १० अर्ब ६९ करोड | १ खर्ब २३ अर्ब ७४ करोड |
|
प्रभु |
२ खर्ब ४१ अर्ब ८८ करोड | २ खर्ब ४३ अर्ब १२ करोड |
|
प्राइम कमर्सियल |
१ खर्ब ५४ अर्ब ९५ करोड | १ खर्ब ६२ अर्ब १४ करोड |
|
राष्ट्रिय वाणिज्य |
२ खर्ब २८ अर्ब ६५ करोड | २ खर्ब ३८ अर्ब २४ करोड |
|
सानिमा |
१ खर्ब ४० अर्ब ८३ करोड | १ खर्ब ४७ अर्ब ३६ करोड |
|
सिद्धार्थ |
१ खर्ब ८६ अर्ब ९ करोड | १ खर्ब ८९ अर्ब ५९ करोड |
|
स्टान्डर्ड चार्टर्ड |
८९ अर्ब ५९ करोड | ९५ अर्ब ११ करोड |
|
सनराइज |
१ खर्ब २३ अर्ब ७७ करोड | १ खर्ब २३ अर्ब १४ करोड |
स्रोत : नेपाल बैंकर्स संघ




