Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
Banner News

बैंक तथा वित्तीय संस्थाको निक्षेप ५५ खर्ब, कर्जा लगानी कति ?

२०८० जेष्ठ ९ गते


बैंकिङ खबर/बैंक तथा वित्तीय संस्थाहरूको निक्षेप रकम ५५ खर्ब पुगेको छ । नेपाल राष्ट्र बैंकका अनुसार वाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनीहरुको कुल निक्षेप ५५ खर्ब २ अर्बसम्म पुगेको छ ।

यस्तै, कर्जा लगानी ४८ खर्ब ४६ अर्ब पुगेको छ ।र्थिक वर्ष सकिन करिब दुई महिना बाँकी रहँदा बैंकमा दुई खर्बको निक्षेप थपिने अनुमान गरिएको छ ।

आर्थिक वर्षको अन्तिममा सरकारी खर्च बढ्ने प्रवृत्ति रहेकाले निक्षेप बढ्ने अनुमान गरिएको नेपाल बैंकर्स संघका अध्यक्ष सुनील केसीले बताए । चालू आर्थिक वर्षमा १२.६ प्रतिशतले कर्जा विस्तार हुने राष्ट्र बैंकले लक्ष्य राखे पनि ६ प्रतिशतको मात्रै पुग्ने संघको अनुमान छ ।