
बैंकिङ खबर/ सरकारले वित्त, मौद्रिक र क्षेत्रगत नीति बीच तालमेल मिलाउने घोषणा गरेकाे छ । सरकारका तर्फबाट आगामी आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रम सार्वजनिक गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले सबै निकायको समन्वयमा समग्र आर्थिक स्थायीत्व कायम गर्न सरकारले काम गर्ने घोषणा गरे ।
राष्ट्रपति पोडेलले भने, ‘मागमा आएको कमी, तरलाताको संकुचल, उच्च ब्याजदर, मूल्य वृद्धि, न्यून पुँजीगत खर्च, घट्दो राजस्व जस्ता समस्या समाधान गर्न सरकारले काम गर्नेछ । राष्ट्रिय आयको विवरणलाई समन्यायिक बनाउँदै निजी क्षेत्रलाई अर्थतन्त्रको मुख्य साझेदार बनाउँदै हाल अर्थतन्त्रमा देखिएका समस्या समाधान गरिने छ ।’
उत्पादकत्व वृद्धि र रोजगारी सिर्जना मार्फत् मुलुकलाई सबल बनाइने राष्ट्रपतिको घोषणा गरे । विद्यमान कर प्रशासनलाई सुधार गर्दै राजस्व प्रशासनलाई चुस्त बनाउने पौडेलले बताए ।
हुण्डी जस्ता अवैध कारोबारलाई नियन्त्रण गर्दै पुँजी पलायन रोक्न सक्रिय भएर काम गर्ने र चालू खर्च कटौति गर्दै पुँजी गत खर्च बढाइने पोडेलले घोषणा गरे ।